चुरापोते माला बनाउने तालिम भैरहवामा सम्पन्न

रुपन्देही खबर , ६४५  पटक हेरिएको

भैरहवा , जेठ २६

मागको आधारमा मधेसी तथा पिछडा बर्गका महिलाहरूको लागि निशुल्क चुरापोते माला बनाउने तालिम आज भैरहवामा सम्पन्न भएको छ ।बिर फाउन्डेसन नेपालको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा निशुल्क तालिम प्रदान गरिएको हो ।

पछिल्लो समय मधेसी तथा पिछडा बर्गका महिलाहरूको लागि बिर फाउन्डेसन नेपालले विभिन्न स्वरोजगार मुलुक तालिमहरु प्रदान गर्दै आएको छ । तालीमबाट सिप सिकेका महिलाहरु अहिले विभिन्न क्षेत्रमा सक्रिय हुदै मनग्य आम्दानी गर्न सफल भएको फाउन्डेसनकी अध्यक्ष बिजया खत्रीले बताउनु भएको छ ।

१५ दिन सम्म भैरहवामा संचालन भएको कार्यक्रममा ४० जना महिलाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-०९ , समय : २२:१५:२२ , २ वर्ष अगाडि