सहिदहरुको सम्झनामा जनमत पार्टीद्धारा मर्चवारी ७ बगौलीमा दिप प्रज्वलन

रुपन्देही खबर , ३५४  पटक हेरिएको

मर्चवार, माघ ६

जनमत पार्टी मर्चवारी गाउँपालिका वडा नंम्बर ६ रुपन्देहीले बगौली चोकमा दिप प्रज्वलन गरेको जनाएको छ । सहिद बलिदानी दिवसको अवसरमा सहिदहरुको सम्झनामा मर्चवारी ७ बगौली चोकमा शुक्रबार एक कार्यक्रमका बिच दिप प्रज्वलन गरीएको हो । मर्चवारी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामसेवक खरबिन्दको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादवको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरी सहिदहरुलाई श्रद्धाञ्जली समेत अर्पण गरीएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादवले मधेश बिद्रोह देखि अहिले सम्म मधेशी सहिदहरुको सपना पुरा नभएको बताउनु भएको छ । उहाले सहिदहरुको सपना पुरा गर्न जनमत पार्टीको नेतृत्वमा एक पटक आर पारको आन्दोलन गर्नु पर्ने जोड दिनु भएको छ ।

दिप प्रज्वलन कार्यक्रममा जनमत पार्टी केन्द्रीय कार्यकारी सदस्य रामकेश गुप्ता, निर्मला हरिजन, राजु यादव, मर्चवारी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामसेवक खरबिन्द, रामसुमेर ठाकुर, मुकेश यादव , मुरारी प्रजापति , रामशंकर यादव , गुडडु मौर्य, शिला मौर्य लगायतले बोल्दै सहिदहरुको सम्मान गर्नुपर्ने बताउनु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-२० , समय : ०९:४५:२६ , ९ महिना अगाडि