नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्छ: मन्त्री बस्नेत

रुपन्देही खबर , १६३  पटक हेरिएको

काठमाडौं,माघ ४

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने बताउनु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघले गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने बताउनु भएको छ ।

निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी बिजुली उत्पादन गर्न सक्ने उहाको भनाइ छ। पछिल्लो डेढ वर्षको अवधिमा १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादनको अवस्था सिर्जना भएको उहाले बताउनु भयो ।

‘पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्नेछ । यो उपलब्धिहरुले हाम्रा सामु नयाँ सम्भवाना र अवसर पनि सिर्जना गरेको छ,’ उहाले भन्नु भयो , ‘आगामी १२ वर्षमा हामीले २८ हजार सात सय मेगावाट बिजुली उत्पादन गर्न सक्छौं।’

प्रकाशित मिति: २०२४-०१-१८ , समय : १४:४९:५० , ९ महिना अगाडि