अखिल नेपाल किसान महासंघले विजयनगर गाउँपालिकालाई बुझायो ९ बुँदे माग

धनी राम काेरी , ३४९  पटक हेरिएको

कपिलवस्तु , जेठ २५

अखिल नेपाल किसान महासंघले विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रशासनिक अधिकृत गोविन्द भट्टराईलाई बिभिन्न माग सहितको ज्ञापन पत्र बुझाएका छन् ।

महासंघ विजयनगर गाउँपालिका कमिटीका उपाध्यक्ष दयारथ तेलि सहित पालिका पुगेको टोलीले ९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ ।

 

बिजयनगर गाउँपालिका उपाध्यक्ष र अधिकृतलाई बुझाएको ज्ञापन पत्रमा गत वर्षको बेमौसमि बर्षाले पुर्याएको धान तरकारी बालिको क्षतिपूर्ति अविलम्ब प्रदान गर्ने, किसानलाई आवश्यक पर्ने विउ , मल मलखाद बिषादी र प्रबिधिक सहयोग समयमै उपलब्ध गराउने, भुमिहिन किसानलाई तत्काल जग्गा उपलब्ध गराइ जमिनको मालिक बनाउने , लाल पुर्जा दिने , किसानको उत्पादनको मुल्य समयमै निर्धारण गरि बजारको प्रत्याभूति गर्ने, कृषि बिमा सरल प्रकृयाबाट गराउन र प्रकोप जन्य क्षतिको न्यायोचित क्षतिपूर्ति दिलाउने , तिनै वटा सरकारले प्रदान गर्ने अनुदान उत्पादन आधारित हुने व्यवस्था गर्ने र बैंक ऋण एवम् सेवासुविधाको लागि किसान महासंघ प्रतिनिधि सहितको सहजीकरण समिति गठन गर्ने, पालिकाको वडा तह सम्म किसान हेल्प- डेस्कको स्थापना र त्यसको प्रभावकारी संचालन गर्ने,अनुदान मुल्याङ्कन गरि उत्कृष्ट किसानलाई वैज्ञानिक छनोट विधिबाट पुरस्कृत गर्ने,आ .व.२०७९/०८०मा किसान मैत्रि बजेट तर्जुमा गर्ने समेत माग गरिएको छ ।

 

बर्षेनी हुदै आइरहेको बढि कटान र डुबानको समस्या समाधानका लागि आवस्यक तटबन्धको व्यवस्था गर्न अखिल किसान महासंघ विजयनगर गाउँकमिटीले गाउँपालिका संग माग गरेको गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले किसानका मागप्रति गाउँपालिका सकारात्मक रहेको भन्दै समस्याको बाटो खोजिने प्रतिबद्धता जनाउनुभयो । ज्ञापन पत्र बुझाउने क्रममा नेपाल किसान महासंघ जिल्ला सदस्य जितमान सुनार , पवित्रा कुँवर,शम्भु वि.क लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-०८ , समय : २१:४३:४१ , २ वर्ष अगाडि