रुपन्देही खबर , ८२० पटक हेरिएको
भैरहवा,माघ ३
रुपन्देहीको मायादेवी गाउपालिका वडा नम्बर ४ सेमरीमा बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै ज्यान गएको छ । भैरहवा देखी लुम्बिनी जादै गरेको लु १ ख ६९६७ नम्बरको बसले बाटो काटदै गरेको ४ बर्षिय बालिकालाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेथरीका प्रहरी बरिष्ठ नायब निरिक्षक बुद्धि प्रसाद रानाले जानकारी दिनु भएको छ ।
मृत्यु हुनेमा नाम खुल्न नसकेको भारत बस्ने ४ बर्षिय बालिका रहेको र शव पोष्टमार्डमका लागी भिम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट बसलाई नियन्त्रणमा लिएको र बस चालक फरार रहेको बरिष्ठ सइ रानाले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२४-०१-१७ , समय : १९:०४:२५ , १० महिना अगाडि