प्रभातफेरी सहित भैरहवामा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

उपसभामुख खांणद्धारा आखा अस्पताल लाइनमा पृथ्वी नारायण शाह चोकको उदघाटन

उर्मिला यादव यात्री , १९३  पटक हेरिएको

भैरहवा, पुस २८

पृथ्वी नारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भैरहवामा पृथ्वी नारायण शाह चोकको उदघाटन गरीएको छ । पृथ्वी जयन्ती मुल समारोह आयोजक समिती सिद्धार्थनगर भैरहवाले शुक्रबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशको उपसभामुख मेनका खांणले सिनपा ३ आखा अस्पताल अगाडी पृथ्वीनारायण शाह चोकको उदघाटन गर्नु भएको छ । चोकको उदघाटन गर्दै उपसभामुख खांणले पार्टी र ब्यक्तिगत स्वार्थलाई टाढा राखेर देश बचाउने र बनाउने अभियानमा अगाडी बढन आग्रह गर्नु भएको छ । उहाले भ्रष्टाचारको अन्त्यका लागी सुशासित रुपमा अगाडी बढन सक्ने यो एकताको आवश्यकता भएको उल्लेख गर्नु भएको छ ।

इतिहास मेटेर समृद्धि नहुने बताउदै इतिहासको संरक्षण गरेर यसबाट पाठ सिक्न सके मात्रै देशको समृद्धिलाई अगाडी बढाउन सक्ने दाबी गर्नु भएको छ । कार्यक्रममा उपसभामुख खांणले पृथ्वी नारायण शाहको योगदान र बलिदानलाई नेपाली जनताले सम्झिनै पर्ने बताउनु भएको छ । उहाले देशमा रहेका बिभिन्न जातजाति, भेषभुषा, धर्म संस्कृतिलाई एक धागोमा उनेर लैजान सके मात्र एकता कायम गर्न सकिने बताउनु भएको छ ।


कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले पृथ्वी नारायण शाहले गर्नु भएको नेपाल एकीकरणले गर्दा नेपालीहरुको अवस्था के छ त्यो कुराको मुल्यांकन गर्नुपर्ने बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिकाको बाटो बिस्तार गर्ने क्रममा नगरभित्र रहेको महेन्द्र पार्क हटाइएकोमा यस बिषयमा यहाका जनता त्यसको संरक्षणमा चासो नदेखाउदा यस्ता कयौ पार्कहरु हराउदै गएकोमा गुनासो गर्नु भएको छ । उहाले भैरहवा क्षेत्रमा पृथ्वी नारायणको शालिक निमार्ण गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले यसको लागी यहाको स्थानिय जनताको सहयोग मात्र नभई स्थानिय निकाय र प्रदेश सरकारको सहयोगको पनि उत्तिकै आवश्यकता भएको उल्लेख गर्नु भयो । नगर उपप्रमुख अधिकारीले नगरलाई अगाडी बढाउनका लागी सबैले प्रयास गर्न जरुरी रहेको बताउदै राम्रो नगर निमार्ण गर्नु पनि हामी सबैको दायित्व भएको उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा कुल बहादुर मल्लको स्वागत मन्तब्य रहेको कार्यक्रममा शिव सेना नेपाल रुपन्देहीका जिल्ला प्रवक्ता शिव बस्याल, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाकी क्षेत्रीय प्रमुख सती, समाजसेवी तथा युवा नेता प्रज्जवल बोहरा, समाजसेवी भरत पोखरेल, डा. राम प्रसाद बस्याल, गोपाल शर्मा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, कार्यक्रमका सदस्य सचिव शिव कुमार बस्नेत लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रभातफेरी कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाईप्रथम, दरखसवा महिला समाज दोस्रो, दर्शन कल्याण ठकुरी समाज रुपन्देही तृतीय ,उन्नती आमा समुह र प्रयास महिला समुह सान्त्वना भएकोमा नगद सहित सम्मान समेत गरीएको थियो । पृथ्वी जयन्ती मुल समारोह आयोजक समिती सिद्धार्थनगर भैरहवाका अध्यक्ष हिरा बहादुर शाहको अध्यक्षता तथा लुम्बिनी प्रदेशको उपसभामुख मेनका खांणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन कार्यक्रम संयोजक साबित्री गुरुङले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-१३ , समय : १२:३६:०३ , ११ महिना अगाडि