ज्ञानेश्वर उपाध्याय , २१० पटक हेरिएको
भैरहवा,पुस २३
आज भैरहवामा निशुल्क मधुमेह परीक्षण सप्ताह शिबिरको शुभारम्भ गरिएको छ । लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजना तथा अनमोल फर्माको संयोजनमा आज देखि भैरहवामा निःशुल्क मधुमेह (सुगर) परीक्षण सप्ताह शिविरको सुरुवात भएको हो ।
लायन्स क्लबका अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसर पारेर शिविर सञ्चालन गरिएको अनमोल फर्माको प्रोपराइटर एवम कार्यक्रम संयोजक शैलेश उपाध्यायले जानकारी दिनुभयो साथै यो शिविर एक सप्ताहसम्म सञ्चालन हुनेछ।
शिविरको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक सेक्रेटरी विनोद खरेलले पछिल्लो समय मधुमेहका बिरामी बढ्दै गएकोले ग्रामीण क्षेत्रमा पनि पुगेर जनचेतनामूलक कार्यक्रम गर्न गराउन आग्रह गर्नुभएको छ साथै यो क्लबले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
उक्त साप्ताहिक शिविरको उद्घाटन कार्यक्रममा लायन्स ग्याट कोर्डिनेटर महेश चन्द थापा, एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक), डिष्ट्रिक डेपुटी चिफ ओम जैसी, जोन चेयरपर्सन गोविन्द प्रसाद गिरी लगायतले लायन्स भैरहवा लिगेसीले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएकोमा आज यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
उमाशंकर पाठकको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन
लायन्स भैरहवा लिगेसिका सचिव नारायण प्रसाद कोइरालाले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-०८ , समय : १९:४३:०९ , ११ महिना अगाडि