रुपन्देहीको भैरहवामा ‘एक घर एक अनेम संघ’ अभियान सुरु

रुपन्देही खबर , २८०  पटक हेरिएको

भैरहवा, पुस २३

नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ (अनेम संघ) सिद्धार्थनगर भैरहवा कमिटिले ‘एक घर एक अनेम संघ’ अभियान जारी राखेको छ ।

संगठनलाई क्रियाशिल र मजबुत बनाउनका लागि अभियान सुरु गरिएको अनेम संघ सिद्धार्थनगरको अध्यक्ष सिर्जना कार्कीले बताउनु भएको छ । उहाका अनुसार अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

सिद्धार्थनगरको १३ वटा वडामा संगठन विस्तार (सदस्यता वितरण), वडा सम्मेलन, रक्तदान कार्यक्रम, स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु भइरहेका छन् ।

‘अहिले वडाहरुमा संगठन विस्तार (सदस्यता वितरण) र वडा सम्मेलनहरु गरिरहेको जानकारी गराउदै तालिका अनुसार अन्य कार्यक्रमहरु समेत गर्ने बताउनु भएको छ ।

संघको सिद्धार्थनगर कमिटि अनुसार नगरको वडा नम्बर १, २ र १२ मा संगठन विस्तारसँगै वडा सम्मेलन सम्पन्न भएको छ । वडा नम्बर १ मा अम्बिका खत्रीको अध्यक्षतामा १५ सदस्यीय, वडा नम्बर २ मा तारा रानाको अध्यक्षतामा १३ सदस्यीय र वडा नम्बर १२ मा शारदा पाण्डेको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन भएको संघको सिद्धार्थनगर सचिव मिना बलालले बताउनु भएको छ ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख समेत रहेको नेकपा एमाले रुपन्देही सचिवालय सदस्य उमा अधिकारी, नेकपा एमाले रुपन्देही जिल्ला सदस्य सिता काफ्ले, दिलु कुवँर, अनेम संघ रुपन्देही जिल्ला सदस्य लक्ष्मी केसी, निशा भट्टराई, संघको रुपन्देही क्षेत्र नं. ३ को उपाध्यक्ष लक्ष्मी लामिछाने, क्षेत्र नं. ३ को सचिव सिता सुनार, सिद्धार्थनगर इन्चार्ज द्रुपदा पनेरु र सिद्धार्थनगर सचिव मिना बलाल लगायत सहभागितामा अभियान जारी रहेको संघको नगर कमिटिले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-०८ , समय : १९:३५:१९ , १० महिना अगाडि