जी–२५ क्लव बुटवलको अध्यक्षमा जगदिश न्यौपाने निर्वाचित

रुपन्देही खबर , २०६  पटक हेरिएको

बुटवल , पुस २२

जी–२५ क्लव बुटवल–११को साधारणसभा तथा अधिबेशनले क्लवको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न क्लवको साधारणसभा तथा अधिबेशनबाट जगदिश न्यौपाने अध्यक्षमा निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका लागि भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी सजन कुमार भारीलाई १ मतले पराजित गरी न्यौपाने अध्यक्षमा निर्वाचित हुनु भएको हो । न्यौपानेले २६ र भारीले २५ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै क्लवको उपाध्यक्षमा मदन पौडेल निर्वाचित हुनु भएको छ । पौडेलले आफ्ना प्रतिस्पर्धी निरज के.सी.लाई २ मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । पौडेलले २५ र के.सी.ले २३ मत प्राप्त गर्नु भएको थियो ।

क्लवको महासचिवमा किशोर पंगेनी, कोषाध्यक्षमा भेषराज अर्याल र सचिवमा रेशम बहादुर महरा निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै चार सदस्य पदका लागि ६ जनाबीच भएको प्रतिस्पर्धामा श्रीप्रसाद श्रेष्ठ, बिमल पौडेल, मिलनकुमार भारी र देबेन्द्रबहादुर घर्ती निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता केशवराज पोखरेलले जानकारी दिनु भएको छ ।यस अघि साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक कार्यमा क्रियाशिल जी–२५ क्लवले यस समाज गर्ने सामाजिक तथा रचनात्मक कार्यक्रमका लागि उपमहानगरपालिकाले सहयोग गर्ने विश्वास दिलाउनु भएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल जी–२५ क्लवले केही समय अगाडी कपडा बैंकको स्थापना गरी बुटवलका उद्योगी, ब्यवसायी तथा क्लवका सदस्यहरुसंग कपडा संकलन गरी करिव २ सय बढि गरिव तथा विपन्नवर्गका मानिसहरुलाई वितरण गरेको थियो । यस्तै क्लवले विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई खिर खुवाउने तथा ग्लुकोज वितरण लगायतका सामाजिक कार्य गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २०२४-०१-०७ , समय : १४:३२:४० , १० महिना अगाडि