म पनि नेता हुन्थे

रोशन खड्का , ७०३  पटक हेरिएको

म पनि एक नेता हुन्थे
बुबा हजुरले ठूलो गल्ती गर्नु भयो ।
म बरालिएर हिड्दा हजुरले जिम्मेवारि के हो सिकाउनु भयो ।

आमा हजुरले ठूलो गल्ती गर्नु भयो ।
म कसै सङ्ग झगडा गर्न खोज्दा मलाइ झगडा गर्न नदिएर

स्कुल पढाउने गुरुबा हजुरले ठूलो गर्नु भयो !
मैले चोर्न खोज्दा तपाईं ले सम्झाइ बुझाइ चोर्नु हुदैन भन्नुभयो र पढेर ज्ञानि बन्नुपर्छ भन्नुभयो ।

दाइ हजुरले ठूलो गल्ती गर्नु भयो ।
म सानो छदा कसैलाइ हेपेर बोल्दा तपाईंले सम्झाइ बुझाइ माया गर्नु भयो ।

यदि मैले त्यो काम निरन्तर गरेको भए म पनि आज नेता बन्थे ।
म पनि आज नेता हुन्थे होला मेरा बाबुआमाले मलाई पढ्न नपठाएको भए,झुटको खेति गर्न सिकाएको भए,कमिसनको सपना देखाएको भए
मलाइ नेता बन्न नदिन मेरो आफन्तको ठूलो हात छ ।

नत्र म अनि एक असल नेता बन्थे ।
लुट्थे ,कुट्थे,थर्काउन्थे , म पनि एक असल नेता हुन्थे ।

 

प्रकाशित मिति: २०२२-०६-०७ , समय : २१:५७:३९ , २ वर्ष अगाडि