छपिया आधारभुत बिद्यालयको बिकासमा प्रदेश सरकारले लगानी गर्ने:मुख्यमन्त्री चौधरी

उर्मिला यादव यात्री , ४२६  पटक हेरिएको

सियारी, पुुस १७
लुम्बिनी प्रदेशका मुख्य मन्त्री दिल्ली बहादुर चौधरीले छपिया आधारभुत बिद्यालयको भौतिक बिकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले बिद्यालयको गुणस्तरीय शिक्षामा यहाको स्थानिय तहले ध्यान दिनुपर्ने उल्लेख गर्नु भयो । श्री छपिया आधारभुत बिद्यालय छपिया सियारी ४ प्रसौनीको स्वर्ण महोत्सव कार्यक्रमलाई उदघाटन गर्दै मुख्य मन्त्री चौधरीले अनुत्पादन क्षेत्र भन्दा उत्पादन क्षेत्रमा बिद्यार्थीहरुलाइ प्राबिधिक रुपमा अगाडी बढाउन आग्रह गर्दै यसमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । छपिया क्षेत्रको बाटोघाटो, माछापालन क्षेत्रमा लगानी गर्नुका साथै महिलाहरुलाई रोजगारीमा समाबेश गर्ने किसिमका कार्यक्रम ल्याएर महिलाहरुलाई आत्मनिर्भर बनाउने बताउनु भएको छ ।

उहाले शिक्षा क्षेत्र यस्तो क्षेत्र हो जुन मानिसको सम्पुर्ण बिकासमा महत्वपुर्ण भुमिका खेल्ने गरेको बताउनु भएको छ । इतिहास र बिश्वको काल खण्ड र धार्मिक क्षेत्रलाई नियाल्दा शिक्षाको निकै ठुलो महत्व भएको मुख्य मन्त्री चौधरीले उल्लेख गर्नु भयो ।

उहाले धार्मिक ग्रन्थमा पनि शिक्षाको आफनै महत्व रहेको बताउदै शिक्षाले नै मानिसलाई सहि मार्ग निर्देशन गरेको उल्लेख गर्नु भयो । उहाले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भएको छ । उहाले राजनितिक क्षेत्रबाट शिक्षकहरु टाढा भए मात्र असल शिक्षकको भुमिका निर्वाह गर्न सकिने बताउनु भएको छ । शिक्षकको काधमा नै बिद्यार्थीको भबिष्य रहेको हुदा शिक्षकले राजनिति गरे पनि त्यसको फाइदा बिद्यार्थी र बिद्यालयको लागी हुुनुपर्ने उल्लेख गर्नु भयो ।

पहिलेको जस्तो अहिले शिक्षा नभएकोले पहिलाको गुरुहरुको कल्पना गर्न नसकिने बताउदै अहिलेका गुरुहरुले धेरै मेहनत गर्नुपर्ने जोड दिनु भएको छ । छपिया आधारभुत बिद्यालयको स्वर्ण महोत्सवको अवसरमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री दिल्ली बहादुर चौधरीले बिद्यालयमा नवनिर्मित सरस्वती माता मन्दिरको समुदघाटन समेत गर्नु भएकोे थियो भने बिद्यालयका बिद्यार्थी लगायत बिभिन्न आमा समुहहरुले झाकी प्रर्दशन समेत गरेका थिए ।
बि.स. २०१६ सालमा स्थापना भएको श्री छपिया आधारभुत बिद्यालय छपिया सियारी ४ प्रसौनीले ६४ औ बसन्तपार गरी ६५औं बसन्तमा पाइला टेकेको अवसरमा बिद्यालयले ऐतिहासिक स्वर्ण महोत्सव समारोह २०८० मनाउन सफल भएको हो । बिद्यालयले मनाउदै गरेको स्वर्ण महोत्सवको आज दोस्रो दिन लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताको प्रमुख आतिथ्यता रहने बिद्यालयले जनाएको छ । आज बिद्यालयमा हाजिरी जवाफ प्रतियोगिता ,स्मारिका बिमोचन, बिद्यालयको प्रध्यानाध्यापकको प्रतिबेदन, बिद्यालयका पुर्व प्रधानाध्यापक तथा पुर्व शिक्षकहरु लगायत चन्दादाताहरुलाई सम्मान गरीने बिद्यालयका शिक्षक अम्बिका प्रसाद यादवले जानकारी दिनु भएको छ । यस्तै गरी बिद्यालयमा स्वर्ण महोत्सवको अवसरमा गरीएका बिभिन्न खेलकुद प्रतियोगितामा सहभागी भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण समेत गरिने बिद्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-०२ , समय : १०:४९:१० , ११ महिना अगाडि