स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमाको लागि पूर्व तयारी बैठक सम्पन्न

गौरीशंकर जयसवाल , ३०७  पटक हेरिएको

परासी , जेठ २४

पश्चिम् नवलपरासीमा स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमाको लागि पूर्व तयारी बैठक रामग्राम नगरपालिकामा सम्पन्न भएको छ । रामग्राम यूएसआडी र स्वास्थ्यको लागि सक्ष्म प्रणाली सहकार्य तथा रामग्राम नगरपालिकाको आयोजनामा आर्थिक बर्ष ०७९/०८०को लागि स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमाको लागि पूर्व तयारी बैठक सम्पन्न भएको हो ।

बार्षिक योजना तथा बजेट प्रक्रियाको बारेमा अभिमुखिकारण गुर्न,स्थानिय पालिकाहरुमा स्वास्थ्य क्षेत्रमा भएका सवाल तथा समस्याहरु समाधान गर्न तथा आगामी आर्थिक बर्षका लागि समावेशी योजना प्रक्रियामार्फत स्वास्थ्यका क्रियाकलापहरुकोे प्रथामिकिकारण गर्ने उदेश्यले उक्त बैठको आयोजना गरिएको थियो । बैठकले स्वास्थ्य क्षेत्रलाई आम नगरिकलाई सहज सरल र गुणस्तर सेवालाई दिनुपर्ने निर्णय गरेको छ ।

 

बैठकले पालिकास्तरमा स्वास्थ्य प्रणाली तथा क्षमता मूल्यमडकनबाट देखिएको रिक्तता बार्षिक तथा अर्थबार्षिक समिक्षा स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्डको लेखा जोखा, व्यवास्थापन समिती बैठक, नियमित तथ्याडकको गुणस्तर लेखाजोखा स्थलगत अनुशिक्षण जेसी तालिम स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली प्राप्त तथ्याडक लगायतको स्रोतबाट प्राप्त स्वास्थ्य प्रणालीको रिक्ततालाई सम्बोधन गर्नुपर्ने निर्णय गरिएको स्वास्थ्यको लागि सक्ष्म प्रणाली कार्यक्रम संयोजक दामोदर न्यौपाने जानकारी दिनु भयो ।

त्यस्तै सम्भावित क्रियाकलाप तथा योजनाहरुको प्रथामिकिकारण गरि ०७९÷०८०को पालिकास्तरमा बार्षिक नीति तथा कार्यक्रम समाबेश गर्ने निर्णय गरिएको छ । त्यसैगरी रामग्राम नगरपालिकाका सबै वडाअध्यक्ष तथा कार्यपालिकाको सदस्यहहरुले सम्बन्धित वडामा रहेको स्वास्थ्य संस्थासंगको सहकार्यमा स्वास्थ्य क्षेत्रको योजनाहरु तर्जुमा गर्ने र स्वास्थ्य शाखाबाट प्राप्त हुने नीति तथा कार्यक्रम पालिकाको एकिकृत बार्षिक नीति तथा कार्यक्रममा सामबेश गर्ने निर्णय भएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिनु भएको छ ।

 

बैठकमा सहजिकारण स्वास्थ्य शाखा प्रमुख रामनरेश राय,स्वास्थ्य शाखाका अनिल खड्का,सुक्रौली स्वास्थ्य चौकीको प्रमुख बलिराम सापकोटा गरेका थिए । बैठकमा रामग्राम नगरपालिकाको नगरउपप्रमुख सम्झना चौधरी,रामग्रामका १८ वटै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-०७ , समय : २१:२०:२२ , २ वर्ष अगाडि