समाजवादी युवा संघ लुम्बिनी प्रदेशको नया कार्यसमिती चयन, अध्यक्षमा यादव

रुपन्देही खबर , ७३७  पटक हेरिएको

भैरहवा, पुस १५

जनता समाजवादी पार्टी नेपाल जसपा निकट समाजवादी युवा संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा विकास यादव चयन हुनु भएको छ । शनिबार कपिलवस्तुको तौलिहवामा भएको संघको पुर्नगठन भेलाले यादवको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो । प्रदेश समितिको उपाध्यक्षमा विरेन्द्र बनिया बर्दिया, राकेश यादव कपिलवस्तु, मुख्य सचिवमा राजु यादव नवलपरासी, सचिवमा अस्फाक अहमद कपिलवस्तु, वसन्त प्रकाश यादव दाङ र कोषाध्यक्षमा सुनिता हरिजन रुपन्देही बाट चयन हुनु भएको हो ।

त्यस्तै सदस्यहरुमा विकास मौर्य दिवाकर यादव, मिना कुमारी गुप्ता, राकेश ठाकुर, लक्ष्मीना मल्लाह रुपन्देही, विज्ञान यादव दाङ, कौशल नागवेशी, सुग्रीम यादव, बब्बु सिंह, रोहित यादव, अब्दुल सहिद, नरेश कुमार चौधरी, रामवृक्ष यादव क, रामवृक्ष यादव ख कपिलवस्तु, अजय गुप्ता, हृदेश गुप्ता, शैलेश चौहान, श्याम प्रकाश यादव, श्यामलाल चौहान नवलपरासी, अश्विन पौडेल, प्रहलाद गोडिया र सुरेश यादव बर्दिया रहनु भएको छ ।नवगठित समितिलाई समाजवादी युवा संघ, नेपालका केन्द्रीय महासचिव दिलिप पटेलले सपथग्रहण गराउनु भएको थियो ।

अध्यक्षमा चयन भएका यादवले पार्टीसँग समन्वय गर्दै युवाहरुलाई अघि बढाउने खालको कार्यक्रम गर्ने बताउनु भएको छ । अध्यक्षमा चयन भएका यादवले यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । ७ वर्षदेखि जसपाको विभिन्न पदमा रही काम गर्दै आएका युवा नेता यादव विभिन्न संघ संस्थामा समेत आबद्ध हुनुहुन्छ । उहा लियो क्लब अफ सिद्धार्थनगरको पूर्वअध्यक्ष, नमो बुद्ध सोसाइटीको अध्यक्ष, श्री जनचेतना माध्यमिक विद्यालय व्यवस्थापन समिति मायादेवी–८, रुपन्देहीको सदस्य लगायत जिम्मेवारीमा हुनुहुन्छ ।
समाजवादी युवा संघ नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष विकास यादवको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष संजीव यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य महेन्द्र यादव, रेनु राज सिंह लगायतले बाल्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१२-३१ , समय : ११:१५:५८ , ११ महिना अगाडि