उर्मिला यादव यात्री , ३४९ पटक हेरिएको
भैरहवा, पुस १४
लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताले आफु निर्वाचित भएको क्षेत्रमा रहि जनताको साथमा रहेर काम गर्ने बताउनु भएको छ । शान्ति फाउन्डेसन गोन्डा भारतले रुपन्देहीको लुम्बिनीमा बुधबार आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी एवम सम्मान समारोहमा बोल्दै उहाले चुनावमा निर्वाचित भैसकेपछि धेरै नेताहरु आफु निर्वाचित क्षेत्रमा नआउने भएको जनताको मन जित्न नसकेको गुनासो गर्दै आफु जनताको मन जितेर देखाउने बिश्वास ब्यक्त गर्नु भएको छ ।
उहाले कोभिडको समयदेखी नै देशको स्थिती आर्थिक रुपमा नाजुक भएकोले यसमा सबैलाई सहकार्य र एकताका साथ काम गरेर अगाडी बढन अनुरोध गर्नु भएको छ । उहाले नेताका कतिपय क्रियाकलापले जनतामा निरासा छाएकोले अब नया सोच र परिर्वतनका साथ काम गर्ने बताउनु भएको छ ।
उहाले नेपाल भारतको सम्बन्ध रोटीबेटीको सम्बन्ध भएको यसलाई सधै बचाइराख्न अनुरोध गर्नु भएको छ । उहाले नेपाल र भारत दुई देश बिचको सम्बन्ध अझै प्रगाढ हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले दुई देशको मजबुत सम्बन्ध बनाइ राख्न पनि हामी दुबै पक्ष बिच सकरात्मक हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले राजनितिक बिषयलाई लिएर बोर्डरमा केही समस्या भए पनि यो पनि छिटटै समाधान हुने बताउनु भएको छ ।
कार्यक्रममा भारतका पदमाश्री डा.बिजय कुमार शाह, शान्ति फाउन्डेसन गोण्डा भारतका संस्थापक शिव प्रसाद आनन्द, लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर गजेन्द्र गुप्ता , शान्ति फाउन्डेसन गोण्डा भारतका अध्यक्ष पिंकी देवी , फाउन्डेसनका सचिव गया प्रसाद आनन्द, कार्यक्रम संयोजक उमेश कुमार यादव लगायतले बोल्दै लुम्बिनीमा आयोजना भएको अन्तराष्ट्रिय गोष्ठी एवम सम्मान समारोहले दुई देश बिचको सम्बन्धमा सुमधुरता ल्याएको बताउनु भएको थियो ।
कार्यक्रममा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान दिएका शिक्षक, सामाजिक कार्यकर्ता, कलाकार , साहित्यकार, चिकित्सक, गायक गायिका, पत्रकार लगायत सामाजिक ब्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान गरीएको थियो । भारतबाट डा. रामकृपाल, नरेन्द्र चौधरी, इरसाद अहमद, निलम यादव, संतोष कुमारी, चन्द्रपाल राजभर , रमेश प्रभु ठक्कर ,सियाराम बौद्ध, भानु प्रकाश मिश्रा,मनिषा गौतम, श्रीराम, राजनलाल,अंजली तोमर, प्रदीप यादव, डा.राजेश गौर ,शेखर श्रीवास्तव, आशुतोष कुमार, किशोर बागडी, किर्ती कृष्णा पांडा, लता हिमांचली, माया कोरी, जशप्रीत मोहन सिंह, राहुल कुमार,द्धिबेदी, रेशमा गौतम, केतन कुलकर्णी, डा. मिथिलेश कुमार लगायतलाई भारतमा रही सामाजिक क्षेत्रमा योगदान पुरयाएबापत सम्मान गरीएको थियो भने नेपालमा रहेर सामाजिक क्षेत्रमा योगदान पुरयाएका कल्पना हरीजन , बिरेन्द्र मिश्र, बिनय कुमार यादव, तुलसीराम यादव , सुनिता हरिजन, प्रिती कुमारी , डा. मन्जली कुमारी यादव,योगेन्द्र गौतम , राम भवन मौर्या, गायिका पुनम पाण्डे, ज्ञानेश्वर उपाध्याय, कुसुम कुमारी मिश्रा, संजय पोडिवाल, भोला बानिया, प्रकाश चन्द पाठक, निशा चौबे, दिनेश लोध, तिलक राम , प्रहलाद यादव, एच एच डेटु प्रदीप सपोता, पत्रकार उर्मिला यादव लगायतलाई शान्ति फाउन्डेसन गोन्डा भारतले सम्मान गरेको थियो । आफनो क्षेत्रमा कार्यरत रही समाजमा महत्वपुर्ण योगदान दिएका ब्यक्तित्वहरुलाई सम्मान गरीएको थियो ।
प्रकाशित मिति: २०२३-१२-३० , समय : ०९:१६:४३ , ११ महिना अगाडि