सर्बेन्दर यादव , ५४९ पटक हेरिएको
मर्चवार, पुस १३
सुनौलो परिवार नेपाल मेरी स्टोप्स सेन्टर भैरहवाले स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सेन्टरले सम्मरीमाई गाऊपालिका वडा नंम्बर ६ नदवालीयामा परिवार नियोजन , सुरक्षित गर्भपतन तथा क्यान्सर रोगको अवस्था, उपचारहरुको बिषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
सुनौलो परिवार नेपाल मेरी स्टोप्स सेन्टर भैरहवाका डि. जि. कोडिनेटर दिपक महत र असुरैना स्वास्थ चौकी प्रमुख सुखनन्दन पालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
मर्चवारको ग्रामिण भेगमा अझै पनि महिलाहरुमा स्वास्थ्य र शिक्षाको कमि भएकोले स्वास्थ्य सम्बन्धी बिभिन्न किसीमका समस्याहरु बढदै गएकोले परिवार नियोजन, सुरक्षित गर्भपतन तथा क्यान्सर रोगको बिषयमा सचेतनामुलक कार्यक्रम आयोजना गरेको सुनौलो परिवार नेपाल मेरी स्टोप्स सेन्टर भैरहवाका डि. जि. कोडिनेटर महतले जानकारी दिनु भएको छ ।
ग्रामिण भेगका महिलाहरुमा परिवार नियोजन सम्बन्धी जानकारी नहुदा जनसख्या तथा स्वास्थ्य दुवै तर्फ नकारात्मक प्रभाव बढ्दै गइरहेकाले परिवार नियोजनको प्रक्रिया अपनाइ सुखि परिवार र स्वस्थ परिवार ब्यवस्थापनको लागि परिवार नियोजनका फाइदाका बिषयमा स्वास्थ चौकी प्रमुख पालले सहजीकरण गर्नु भएको थियो ।
उहाले असुरक्षित गर्भपतनले हरेक वर्ष महिला तथा किशोरीहरुले ज्यान गुमारहेको बताउदै बजारमा बिक्रीवितरण भैरहेको गर्भपतनका औषधिहरु जथाभावी रुपमा नखान आग्रह गर्नु भएको छ । उहाले यस्ता किसिमका औषधीहरुले स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकोले डाक्टरको सल्लाहले मात्र यसको प्रयोग गर्न सुझाव दिनु भएको छ ।
कार्यक्रममा सहभागी भएका महिला तथा किशोरीहरुलाई असुरक्षित गर्भपतनले निम्त्याएका समस्याहरुको बिषयहरुमा जानकारी गराउदै सुनौलो परिवार नेपाल मेरी स्टोप्स सेन्टर भैरहवाका डि जि कोडिनेटर दिपक महतले यदि समस्या नै आइ परे सुुरक्षित गर्भपतनका तरिकाहरु ऋपनाउन आग्रह गर्नु भएको छ ।
उहाले महिलाहरुमा हुने पाठेघर क्यान्सरको अवस्था, क्यान्सरका लक्षणहरु, यसलाई कसरी पहिचान गर्ने र पाठेघर सम्बन्धी समस्या भए कहा जाने बिषयमो सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा १८ देखी ५० बर्षका महिला तथा किशोरीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-१२-२९ , समय : १०:५५:५९ , ११ महिना अगाडि