सिमानाका संग जोडिएका ठाउहरु मानव बेचबिखनको उच्च जोखिममा :मन्त्री गुप्ता

उर्मिला यादव यात्री , २८५  पटक हेरिएको

भैरहवा, पुस ६

सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताले सिमानाका संग जोडिएका ठाउहरु मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भएको छ । उहाले लुम्बिनी प्रदेशमा मानव बेचबिखन तथा ओसारपसार रोक्नका लागी कानुन बनाएर प्रत्येक पालिका, स्थानिय तह लगायत बिभिन्न संघसंस्थाहरु संग सहकार्य गरेर काम गर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय राप्ती उपत्यका देउखुरी दाङको आयोजनामा बिहीबार भैरहवामा भएको सिमानाका जोडिएका जिल्लाहरुमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अभियान सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा मन्त्री गुप्ताले सिमानाका संग जोडिएका ठाउहरु मानव बेचबिखनको उच्च जोखिममा रहेकोले स्थानिय पालिकाहरु प्रहरी संग समन्वय र सहकार्य गरी निगरानी संगै कडाइ गर्न आग्रह गर्नु भएको छ । उहाले यसो गरेमा मानव तस्करी न्युनीकरणमा महत्वपुर्ण भुमिका निर्वाह हुने बताउनु भयो ।

मन्त्री गुप्ताले अन्तरजातिय प्रेम बिवाह गरेर भारततिर जाने प्रबृतिले पनि मानव बेचबिखनलाई बढावा दिएको उल्लेख गर्नु भयो । उहाले समाजमा भएका यस्ता किसीमका समस्याहरु समाधान नभए सम्म मानवबेचबिखनका घटनाहरु बढदै जाने उल्लेख गर्नु भयो । उहाले स्थानिय तह, प्रहरी प्रशासन लगायत हरेक जनप्रतिनिधीहरुले जब सम्म निष्पक्ष भएर काम गर्दैनौ तब सम्म समाज र प्रदेश अगाडी बढन नसक्ने दाबी गर्नु भयो । उहाले निर्वाचित भएर सम्बन्धित ठाउमा पुगेपछि सबैको साझा बन्नुपर्ने बताउदै सबैको साझा बने मात्र हरेक समस्याको समाधान सजिलै गर्न सक्ने बताउनु भयो । उहाले देशका केहि संघसंस्थाहरु मात्र निष्पक्ष भए पनि देशका हरेक नागरीकलाई काम गर्न सहज हुने उल्लेख गर्नु भयो । मन्त्री गुप्ताले देशका जनता नै युवा प्रति बढी आस गरेकोले देशको निम्ती राजनिती गर्नुपर्ने बताउनु भएको छ । उहाले देश बिकास र जनताको बारेमा जबसम्म हामी सोच्न सक्दैनौ तब सम्म असल नागरीकको कत्र्तब्य निर्वाह गर्न नसक्ने जोड दिनु भयो । उहाले देशमा नेतृत्व गर्ने असल ब्यक्तिको खाचो भएको बताउदै नेताहरु कुर्सी जोगाउन तिर लागेकोले देश जोगाउन नसकिएको गुनासो गर्नु भएको छ । मन्त्री गुप्ताले अब देशमा बिकास गर्न र देशभित्र भएको मानव बेचबिखन तथा ओसारपसार रोक्नका लागी बिभिन्न संघसंस्थाहरु आ आफनो ठाउबाट लाग्नुपर्ने बताउनु भयो । उहाले समाजमा भएका गलत क्रियाकलापको बारेमा हामी सबै मिलेर आवाज उठाउनुपर्नेमा जोड दिनु भयो ।

यस्तै गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिती रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानव तस्करी पुरुष भन्दा पनि महिलाहरुको बढी हुने भएकोले यस बिषयमा संबेदनशील भएर काम गर्न आग्रह गर्नु भएको छ । मानव सभ्यता बिरुद्धको अपराध नियन्त्रण तथा निरुत्साहित गर्न कसले कति भुमिका खेलेको छ भन्ने बिषयमा समिक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाले केन्द्र देखि स्थानिय तह सम्म सबैभन्दा बढी संघसंस्थाहरु क्रियासिल भएको र सबैभन्दा बढी कार्य गर्नुपर्ने मानव बेचबिखनको क्षेत्र रहेको उल्लेख गर्नु भएको छ ।

उहाले यसको नियन्त्रणका लागी अन्तराष्ट्रिय रुपमा पनि दाताहरुको बिकास साझेदारहरुको सहयोग छ । यस भित्रका क्रियाकलापहरुमा योजना, कार्यक्रम र गतिबिधी हेर्ने हो भने राज्यले पनि त्यतिकै लगानी गरेको छ । बिभिन्न संघसंस्थाहरु क्रियासिल छन । तर जुन रुपमा हामी नतिजा प्राप्त गर्ने अपेक्षा गर्र्छाै त्यो किसीमको नतिजा प्राप्त हुन सकेको छैन उहाले भन्नु भयो ।
उहाले मानव तस्करी रोक्नका लागी यो अभियानलाई घर घरमा लैजाने आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाले मानव तस्करीका बिषयमा जानेका बुझेका कुराहरु समुदायस्तर सम्म लैजान सके मात्र यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार रोक्नका लागी बिभिन्न सरोकारवालाहरुको महत्वपुर्ण भुमिका हुने भएकोले घरदेखी परिवार सम्मका हरेक ब्यक्ति यस बिषयमा जागरुक हुन आवश्यक रहेको बताउनु भएको छ । उहाले रुपन्देहीमा मात्रै ७० किलोेमिटरको बोर्डर भएकोले बिभिन्न संघसस्थाहरुले चाहनु भन्दा पनि ब्यक्ति आफै सचेत भए मात्र मानव बेचबिखन तथा ओसारपसार रोक्न सकिने उल्लेख गर्नु भयो । उहाले गैरसरकारी संस्था र स्थानिय तह मिलेर अभियान नै संचालन गरी ब्यक्तिहरुलाई सचेत गराउन आवश्यक रहेको जोड दिनु भएको छ । उहाले यसको नियन्त्रणमा स्थानिय तहले महत्वपुर्ण भुमिका निर्वाह गर्न सकिने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको उपसचिव शारदा बस्याल बेलवासेले लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०८० र ८१ को निती तथा कार्यक्रम, चालु आर्थिक बर्षको कार्यक्रममा लैंगिक हिंसा निवारणका लागी सामुदायिक बिद्यालय संगको सहकार्यमा किशोरीहरुको लागी आत्मरक्षा तालिमका लागी १९ लाख २० हजार, दाइजो बोक्सी गौना लगायतका सामाजिक बिभेद बिरुद्धको अभियानका लागी लुम्बिनी सास्कृतिक नगरपालिका तथा मर्चवार क्षेत्र रुपन्देहीका लागी १० लाख, लैंगिक मैत्री कार्यालय ब्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय अन्तक्रिया लगायतका बिषयमा बजेट छुटयाएर काम गर्दै आएको बताउनु भएको छ । उहाले लुम्बिनी प्रदेशमा बाल बिवाह, दाइजो प्रथा, बोक्सी प्रथा , लैंगिक बिभेद ,लैंगिक हिंसा, घरेलु हिंसा , बालश्रम , छुवाछुत तथा जातिय बिभेद अझै पनि कायम रहेको बताउनु भएको छ । उहाले बेचबिखन र दासता सम्बन्धी नेपालको तथ्यांक प्रस्तुत गर्दै आइ एल ओ युनिसेफ का अनुसार बार्षिक ७ देखि १० हजार नेपाली महिला तथा बालबालिकाहरु भारतमा बेच्ने गरीएको बताउनु भएको छ । उहाले गैरसरकारी संस्थाका प्रतिबेदन अनुसार १ लाख ५० हजार देखी २ लाख सम्मको संख्यामा नेपाली महिला तथा बालबालिका भारतका बिभिन्न कोठीहरुमा रहेको उल्लेख गर्नु भयो । यस्तै गरी राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिबेदन २०७९ का अनुसार नेपालमा ४० हजार ३ सय बेचबिखनमा परेको , १९ लाख १४ हजार बेचबिखनको जोखिममा रहेको उल्लेख गरेको छ ।
यस्तै गरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक कौशल न्यौपानेले कार्यक्रमको सहजीकरण गर्दै मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी रुपन्देही जिल्लाको अवस्था , समस्या चुनौती , र सो को नियन्त्रणका लागी रुपन्देही जिल्ला प्रहरी कार्यालयबाट भए गरेका प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा महिला बेचबिखन तथा ओसार पसार सम्बन्धी आर्थिक बर्ष २०७८र ७९ मा ५, ०७९। ८० मा ७ र आर्थिक बर्ष २०८० र ८१ मा २ वटा मुद्धा दर्ता भएको बताउनु भएको छ ।
यस्तै गरी माइती नेपालकी माया क्षेत्रीले कार्यक्रममा सहजीकरण गर्दै मानव बेचबिखन हालको अवस्था बारे जानकारी दिनु हुदै आर्थिक बर्ष ०७९र ८० मा सिमाबाट परामर्श दिएको २४ हजार ७ सय ४,सिमाबाट उद्धार गरीएको ५ सय ७७, भारतबाट १२ जनालाई उद्धार गरीएको जानकारी दिनु भएको छ । यस्तै गरी मानव बेचबिखन सम्बन्धी ४ वटा मुद्धा गरीएको र आन्तरिक उद्धार १ जनालाई गरीएको जानकारी दिनु भएको छ ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले सिमानाका जोडिएका जिल्लाहरुमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अभियान अन्र्तगतका कार्यक्रमहरु सम्बन्धित ठाउको खुला चौरमा गर्नुपर्ने बताउनु भएको छ । उहाले जनप्रतिनिधीहरुले आफनो समाजप्रतिको दायित्व पुरा गर्नुपर्नेमा जोड दिनु भयो । उहाले सिमानाका संग जोडिएका पालिकाहरुमा खुल्ला बोर्डरले गर्दा चहलपहल बढी हुने भएकोले यस तर्फ बिशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्नु भयो ।

उहाले जिल्लामा मानव बेचबिखन तथा ओसारपसार रोक्नका लागी बिभिन्न संघ संस्थासंग सहकार्य गरी अनुगमनको नाममा अनुगमन मात्र गर्दिन त्यसलाई साच्चै नै दण्ड दिने तरिकाले जान आग्रह गर्दै यसो भएमा मानव तस्करहरुलाई नियन्त्रण गर्न सकिने उल्लेख गर्नु भयो । उहाले सिद्धार्र्थनगर नगरपालिका लगायत अन्य पालिकाहरुलाई कार्यबिधी नै बनाएर काम गर्न आग्रह गर्नु भएको छ ।


कार्यक्रममा लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको उपसचिव शारदा बस्याल बेलवासेको स्वागत मन्तब्य रहेको कार्यक्रममा रुपन्देही जिल्ला समन्वय समितीका प्रमुख उमाकान्त चपाइ लगायतले बोल्नु भएको थियो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिती रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षता तथा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न पालिकाका उपाध्यक्ष, नगरउप्रमुख, बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख, प्रतिनिधी, रुपन्देहीका न्यायिक समितीका प्रमुख लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-१२-२२ , समय : १२:०८:१७ , १० महिना अगाडि