रुपन्देही खबर , ४९९ पटक हेरिएको
बुटवल, पुस ५
ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्लाले पुस १५ को लागी आज बेसक्याम्पमा पत्रकार सम्मेलन गरेको छ । तमु गुरुङ समुदायहरुका लुम्बिनी प्रदेश प्रमुख झपट बहादुर तमुगुरुङले तमु गुरुङ समुदायले बनाउने पर्वको अवसरमा सबै गुरुङ र गैर गुरुङहरुलाई शुभकामना दिदै यो पर्व तमु गुरुङ समुदायको मात्रै नभई सम्पूर्ण नेपालीको पर्व रहेको बताउनु भएको छ । कार्यक्रममा केन्द्रीय मन्त्री सीता गुरुङले कार्यक्रम को उद्घाटन संगै एउटा भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
कार्यक्रममा तमु विशिष्ट अतिथी खेमालिपिका बालनर्सिङ तमुले बिरालो लाइ बिदाई गरी गरुडलाइ स्वागत गरिने बताउनु भएको थियो । अतिथि तमु सञ्चारकर्मी केन्द्रीय सचिव कुमार तमु लगायतले तमु गुरुङ समुदायको नयाँ वर्षमा सम्पूर्ण नेपाली लाई स्वागत गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाउदै तमु गुरुङले सबै जातजाति लाई सधै सम्मान गर्ने भनाइ राख्नु भएको हो।
कार्यक्रम सम्पन्न गर्नको लागि करिव ६ लाख बराबरको खर्च लाग्ने करिव ४ हजार तमु गुरुङ समुदाय सहित अन्य समुदायको समेत उपस्थिति हुने आयोजकले बताएको छ । जिल्ला अध्यक्ष बिमला तमुले बोल्दै जेष्ठ नागरिक फरक क्षमता भएकालाई समेत सम्मान गरिने बताउनु भएको थियो । कार्यक्रम सञ्चालन जिल्ला सचिव ओमप्रकाश गुरुङले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-१२-२१ , समय : २१:०३:१९ , ११ महिना अगाडि