पालिका स्तरीय वार्षिक समिक्षा बैठक सुनवलमा सम्पन्न

रुपन्देही खबर , ३६६  पटक हेरिएको

परासी, पुस ३

इन्द्रेणी सामाजिक विकास मन्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको पालिका स्तरीय वार्षिक समिक्षा बैठक सुनवल नगरपालिकाको सभाहलमा सम्पन्न गरिएको छ ।

इन्द्रेणी सामाजिक बिकास मन्चका उपाध्यक्ष साबित्रि पौडेलको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीको विशेष उपस्थिति , वडा न २,७ र ९ का अध्यक्ष ज्यूहरु तथा सामाजिक विकास समिति सयोजक र सुनवल नगरपालिकाको स्वास्थ्य शाखा कर्मचारीहरु र अन्य शाखा प्रमुखहरुको उपस्थितिमा सम्पन्न भएको छ । जसमा आधारभुत स्वास्थ्य परियोजनाले २०२३ मा सुनवल नगरपालिकामा सम्पादन गरेका कार्यक्रमको समिक्षा तथा २०२४ का प्रस्तावित कार्यक्रमको बारेमा छ्लफल र पृष्ठपाेषण प्रदान गरिएको थियो ।

यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले यस परियोजनाले सानो बजेटमा पनि राम्रो काम गर्न सफल रहेको साथै उपेक्षित उष्ण प्रदेशिय रोगबाट प्रभावितलाई उधमशिलता मा जोड दिनु पर्ने बताउनु भएको छ ,भने सामाजिक बिकास सयोजकले जर्गाहामा सर्पदस उपचार केन्द्र रहेको र परियोजनाले त्यसमा सहयोग गर्न सकिएमा थप प्रभाकारी हुने भनाए राख्नु भएको थियो । कार्यक्रम सयोजक पुस्पराज आचार्यले समग्रमा गरिएको कार्यक्रम र २०२४ मा गर्न प्रस्तावित कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।

साथै स्वास्थ्य शाखा प्रमुखले आधारभुत स्वास्थ्य परियोजनाबाट सुनवलमा उपेक्षित उष्ण प्रदेशिय रोगको क्षेत्रमा साथै पुर्ण सस्थागत प्रसुतीयुत नगर घाेषणमा ,ल्याब सन्चालानमा ,डेगु नियन्त्रणमा लगायत विभिन्न स्वास्थ्यका कार्यक्रममा सहयोग पुर्याउएको बताउनु भयो भने इन्द्रेणी सामाजिक बिकास मंचका कार्यकारी निर्देशन बद्री प्रसाद सुबेदीले इन्द्रेणी सामाजिक बिकास मन्चले सुनवल नगरपालिकाको स्वास्थ्य क्षेत्रमा इन्द्रेणीले पुर्याउन सक्ने सहयोग सदैव गर्न तयार रहेको र अहिले आधारभुत स्वास्थ्य परियोजनाको तर्फबाट गरिदै आएको पनि बताउनु भयो ।

जिल्लामा बिगत बर्ष देखी स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी समाजिक बिकास मञ्चको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाले कुष्ठरोग तथा हात्तीपाइले प्रभावित ब्यक्तिहरुको स्वयं हेरचाहमा आकर्षित गराउने तथा नवजात शिशु तथा मातृत्व मृत्यु दर कम गर्नका लागि स्थानीय सरकारसंग निरन्तर सहकार्य गरि काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २०२३-१२-१९ , समय : २२:४२:२३ , १२ महिना अगाडि