रुपन्देहीमा भरूवा बन्दुक र बारूद सहित दुई जना पक्राउ

रुपन्देही खबर , १५५२  पटक हेरिएको

भैरहवा, पुस २

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ करैया सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक, छर्रा र बारुद सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका १० गैरीगाँउ बस्ने ४८ वर्षीय कर्ण बहादुर परियार र सोही नगरपालिका १० चरङगे बस्ने ४२ वर्षीय दिपक परियार रहेका छन ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-१२-१८ , समय : १३:२१:२२ , ११ महिना अगाडि