नेपाल जेसीजको अध्यक्षमा रविन पोख्रेल निर्वाचित

रुपन्देही खबर , २४७  पटक हेरिएको

भैरहवा, पुस २

नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन बुटवलमा आइतबार सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनले नेपाल जेसीजको बर्ष २०२४ कालागि नयाँ नेतृत्व निर्वाचित गरेको छ । बुटवलमा सम्पन्न महाधिवेशनबाट बर्ष २०२४ का लागि नुवाकोट जेसीजका रविन पोख्रेल राष्ट्रिय अध्यक्षमा ५१० मत सहित निर्वाचित हुनु भएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत प्राप्त गर्नु भएको हो ।

नेपाल जेसीजको विधान अनुसार एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष, १२ जना उपाध्यक्षको निर्वाचन गर्ने व्यवस्था रहेकोछ । यस्तै महासचिव, कानूनी सल्लाहाकार र कोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने गर्दछन् । महाधिवेशनले ४ कार्यकारीणी उपाध्यक्षमा क्रमशः अनुप सुनुवार ६८१ मत, राजाराम गौतम ६७२ मत, भिमवहादुर कुँवर राजु ६७० र सन्दीप अग्रहरीले ५२६ मतका साथ विजयी हुनु भएको छ ।


यस्तै १२ जना उपाध्यक्षहरुमा क्रमशः अमर घिमिरे ९६१, सौरभ श्रेष्ठ ९२४, राजन शर्मा पौडेल ८९३, सीताकुमारी भण्डारी ८८२, एलिना महर्जन ८४८, बहादुर तामाङ्ग ७७७, सपना पौडेल भण्डारी ७७२, योगेश राजवंशी ७४४, घनश्याम चौधरी ७०९, नवराज उपाध्याय ७०९, गणेश सापकोटा ७०८, प्रमोद उप्रेती आयुस ६३९ मतका साथ विजयी हुनु भएको निर्वाचन आयुक्त नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सुरेन्द्र कुमार महतोले जानकारी दिनु भयो ।

यस्तै नेपाल जेसीजको महासचिवमा सरोज अधिकारी, कानूनी सल्लाहाकारमा नरेशचन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापालाई मनोनित गरिएको छ भने निवर्तमान राष्ट्रिय अध्यक्ष विकास मानन्धन पनि बर्ष २०२४ को पदाधिकारीमा रहने व्यवस्था छ ।

प्रकाशित मिति: २०२३-१२-१८ , समय : ०८:४९:१७ , ११ महिना अगाडि