रुपन्देही खबर , २९७ पटक हेरिएको
कञ्चन,पुस १
रुपन्देहीको कञ्चन गाउपालिकामा मुटु सम्बन्धी रोग भएका बिरामीहरुको निःशुल्क स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिविर शुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त शिविरमा कञ्चन गाउँपालिकाको आयोजना तथा ओजेल हेल्थकेयरको प्राविधिक सहयोग रहेको छ ।
आर्थिक रुपमा विपन्न भएका र शारिरीक रुपमा अशक्त र जेष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा २०३ जनाले आफ्नो मुटु जाँच गराएको गजेडी स्वास्थ्यचौकीका इृन्चार्ज गितारामम रिजालले जानकारी दिनु भएको छ । ई.सि.जि. र इको जाँच समेत सेवा दिइएको उक्त शिविरमा १५५ जनाले इ.सि.जि. र १५ जनाले इको जाँच गराएको इन्चार्ज रिजालले जानकारी दिनु भएको छ। स्वास्थ्य सेवाको पहँच टोल टोलमा उर्याउने उद्धेश्यका साथ कञ्चन गाउँपालिकाले बिभिन्न संघ संस्थाहरुसंगको सहकार्य र समन्वयमा बिभिन्न स्वास्थ्य शिविर संचालन गर्ने क्रममा गजेडी स्वास्थ्य चौकी र रुद्रपुर स्वास्थ्यचौकीमा समेत गरी दुईदिने मुटु जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।
कञ्चनवासीलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचको ज्ञारेण्टी गर्न र पालिकाले लिएको पञ्चबर्षिय योजना र लक्ष्यलाई पुरा गर्न बिशेषज्ञ सहितको मुटु जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ। आफ्नो सवारी साधन सामन्य रुपमा बिग्रियो भने तुरुन्त ग्यारेजमा लगेर मर्मत गरिएजस्तै हाम्रो शरिरको पनि समय समयमा स्वास्थ्य परिक्षण गराएमा जटिल रोगको निदान भई जिवनको आयु बढाउन सकिने स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएको छ।
कञ्चन गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष टेकबहादुर गुरुङ्गको स्वास्थ्य परिक्षण गरि शुरु भएको शिविरमा मुटुरोग बिशेषज्ञ डा. नबिन पहाडी र डा. महेश्वर हेजु लगायतको टिमले स्वास्थ्य परिक्षण गरेको छ । शिविरमा मुटुरोग सम्बन्धी जाँच, परिक्षण तथा परामर्स सेवा सहित निःशुल्क औषधी समेत वितरण गरिएको छ।
प्रकाशित मिति: २०२३-१२-१७ , समय : ०९:०९:२० , ११ महिना अगाडि