पालिकास्तरीय एकीकृत पोषण परियोजना सल्लाहकार समिति एवम् सरोकारवालाको बैठक तथा छलफल

रुपन्देही खबर , १७९  पटक हेरिएको

भैरहवा, मंसिर २७

“पोषण मार्फत् जीवन रुपान्तरण” तथा एकीकृत पोषण कार्यक्रम परियोजनाको पालिकास्तरीय परियोजना सल्लाहकार समिति एवम् सरोकारवाला बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रोहिणी गाउँपालिकाका अध्यक्ष बिद्या प्रसाद यादवको अध्यक्षतामा संचालन भएको थियो । गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजन, निमित्त प्रमुख प्रशासकिय मधु प्रसाद घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख श्री गौरव ढकाल, १ देखि ७ का वडा अध्यक्ष, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यसमिति सदस्य ज्योति यादव, कार्यकारी निर्देशक सुमित्रा शर्मा, हेलेन केलर इन्टरनेशनलका परियोजना संयोजक भरत शर्मा, स्वास्थ्य शाखा र सबै स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागितामा सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिकाका स्वास्थ्य शाखाबाट रेनुका पाण्डेले दिनुभएको थियो भने यस कार्यक्रमको उद्देश्यका बारेमा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक श्री सुमित्रा शर्माले बताउनु भएको थियो ।

रुपन्देहीका ६ वटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम अन्र्तगतको परियोजना संचालन भएको छ । बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले सेतो गुराँस बाल विकास सेवा रुपन्देही र हेलेन केलर इन्टरनेशनलको साझेदारीमा “पोषण मार्फत् जीवन रुपान्तरण” ९त्चबलकायचmष्लन ीष्खभक त्जचयगनज ल्गतचष्तष्यल(त्ीत्ल्० परियोजनाको संचालन भएको छ । पहिलो चरणमा १ वर्षका लागि संचालन हुने यस परियोजना रुपन्देहीको रोहिणी, कोटहीमाई, सम्मरीमाई, मायादेबी, मर्चवारी र गैंडहवा गाउँपालिकामा संचालन भएको छ ।

६ वटा गाउँपालिकाका ५ वर्षमूनिका जम्मा २६,६७४ जनालाई लक्षित गरी परियोजना संचालन गरिएको र पोषणको अवस्था र यसका महत्वका बारेमा हेलेन केलर इन्टरनेशनलका परियोजना संयोजक भरत शर्माले जानकारी दिनुभएको छ । यसै गरी कार्यक्रमका क्रियाकलापहरु, बजेट तथा कार्ययोजनाको बारेमा यस कार्यक्रममा संयोजक मिनु पुनले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, निमित्त प्रमुख प्रशासकिय मधु प्रसाद घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यसमिति सदस्य ज्योति यादव, वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नं. ६ का वडा अध्यक्ष इन्द्रमान चौधरी, वगाहा स्वास्थ्य चौकी प्रमुख बुद्धि प्रसाद पन्थले मन्तब्य राख्दै सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता गर्दै मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-१२-१३ , समय : २२:०३:३८ , १२ महिना अगाडि