उर्मिला यादव यात्री, सर्वेन्दर यादव , १७६ पटक हेरिएको
भैरहवा, मंसिर २७
श्री जनसेवा स्वालम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मर्चवारी ७ बगौलीको २४ औैं बार्षिक साधारण सभाले पुन : ज्ञानु प्रसाद कुर्मीको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा कमलावती कुर्मी, कोषाध्यक्षमा दशरथ प्रसाद कोेहार, सचिवमा राजकुमार यादव रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा रामबेलास पाल, मलखाना पाल, कलसुन निशा, र सोमई यादव रहनु भएको छ ।
२४ औैं बार्षिक साधारण सभाले लेखा समिती संयोजकमा रामसेवक बरईलाई चयन गरेको छ भने लेखा समिती सदस्यमा साबित्री धोबिन र इन्द्रमणी यादव रहनु भएको छ ।
श्री जनसेवा स्वालम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मर्चवारी ७ बगौलीको २४ औैं बार्षिक साधारण सभालाई आज बुधबार बगौलीमा सम्बोधन गर्दै मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरईले मर्चवारी गाउपालिकामा दुई वटा एम्बुलेन्स निशुल्क परिचालन गरेको बताउनु भएको छ । उहाले आफु चुनाव भन्दा अगाडी जनतालाई सो कुराको बाचा गरेकोले आफु निर्वाचित भैसकेपछि जनतामाफ आफनो बाचा पुरा गरेको बताउनु भएको हो । उहाले कन्या बिमा योजना पालिकाले सुरुवात गरी सकेको बताउदै एक बर्ष भित्रमा १ सय ८७ बालिकाको बिमा समेत गरीसकेको जानकारी दिनु भएको छ ।
आफनो कार्यकाल भित्रमा नै गाउपालिकाको भवन निमार्ण गर्ने योजना रहेको गाउपालिका अध्यक्ष बरईको भनाइ छ ।
गाउपालिका अध्यक्ष बरईले मर्चवार कृषिमा पकेट क्षेत्र भएको बताउदै यहा भएको मलखादको समस्या बिस्तारै समाधान गर्दै जाने प्रतिबद्धता गर्नु भएको छ । उहाले आफनो पालिकामा मलखाद र बिउबिजनको सहजरुपमा ब्यवस्थापन गर्ने जोड दिनु भयो । गउपालिका अध्यक्ष बरई मर्चवारी गाउपालिकामा रहेका बिद्यालयहरुमा भएको समस्यालाई छिटटै समाधान गर्ने बताउनु भएको छ । उहाले कार्यपालिकाको बैठक बसी पालिका भित्र रहेका सम्पुर्ण शिक्षकहरुलाई एक बिद्यालयबाट अर्काे बिद्यालयमा हेरफेर गर्ने बताउनु भयो । उहाले जब सम्म मर्चवारी गाउपालिका भित्रका शिक्षकहरुको हेरफेर हुदैन तब सम्म मर्चवारी गाउपालिका भित्रको शिक्षामा सुधार हुन नसक्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानु प्रसाद कुर्मीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाको सदस्य संख्या ४ सय ८७ रहेकोमा यसलाई बृद्धि गरी ५ सय ८५ जना पुरयाइएको र यस संस्थाको शेयर सदस्य बढाउने कार्यलाई निरन्तरता दिदै काम गर्दै आएको बताउनु भएको छ । उहाले बचत गर्ने बानीको बिकास गर्न सम्पुण शेयर सदस्यहरुलाई आग्रह गर्नु भएको छ ।
यस्तै गरी श्री जनसेवा स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रोहित यादवले आर्थिक बर्ष २०७९÷८० को आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीमा जम्मा शेयर पूँजी रु १२ लाख ६६ हजार ७ सय रुपैया रहेको जानकारी दिनु भएको छ । उहाले २०८० आषाढ मसान्त सम्ममा यस संस्थाको नगद मौज्दात रु १ लाख ७६ हजार ५सय १४ रुपैया तथा बैंक मौज्दात रु ११ लाख ०५ हजार ६ सय १६ रुपैया ६३ पैसा रहेको बताउनु भएको छ । यस्तै गरी २०८० अषाढ मसान्त सम्ममा यस संस्थाको जम्मा बचत १ करोड , ८२ लाख ६५ हजार ५ सय रुपैया रहेको छ भने असुल गर्न बाकी ऋण २ करोड, ३१ लाख ८२ हजार ९ सय ३९ रुपैया रहेको संस्थाले जानकारी दिएको छ ।
यस्तै गरी संस्थाको आयबिवरण अनुसार यस सहकारीले ब्यापारिक बचत १ लाख ३८ हजार ७ सय २० रुपैया र शुद्ध बचत ३ लाख ५३ हजार ३ सय ६४ रुपैया ४३ पैसा आर्जन गरेको जनाएको छ । यस्तै गरी कार्यक्रममा लेखा समितीको प्रतिबेदन लेखासमिती संयोजकले प्रस्तुत गर्नु भएको थियो । संस्थाका लेखासदस्य रामकिशोर पालको स्वागत मन्तब्य रहेको कार्यक्रममा मर्चवारी वडा नम्बर ६ का वडाध्यक्ष रामसेवक खरबिन्द, वडा नम्बर ७ का वडाध्यक्ष गणेश कुर्मी, रुपन्देही बचत तथा ऋण सहकारी संस्थाका अशोक कुमार त्रिपाठी लगायतले बोल्दै सहकारीको मर्मलाई आत्मसाथ गर्दै अगाडी बढन अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा ३० जना जेष्ठ नागरिक बचतकर्तालाई दोसल्ला ओढाई सम्मान गरीएको थियो । भने ऐच्छिक तथा दैनिक बचतकर्तामा सबैभन्दा बढी बचत गर्ने शेयर सदस्यहरुलाई समेत दोसल्ला ओढाइ सम्मान गरीएको थियो । यस्तै गरी आर्थिक बर्ष २०८० मा सबै भन्दा बढी बालबचत गरेका ५ जना बालबचत कर्तालाई झोला , कापी र कलम प्रदान गरी सम्मान समेत गरीएको थियो । अहिले यस सहकारीमा २ सय ६४ जना महिला र ३ सय २१ जना पुरुष गरी ५सय ८५ जना शेयर सदस्य रहेका छन ।
प्रकाशित मिति: २०२३-१२-१३ , समय : २१:१९:४८ , १२ महिना अगाडि