न्यु लाईफ माबिमा कप्तान र उपकप्तान चयनका लागि निर्वाचन

प्रकाश न्यौपाने , ५६१  पटक हेरिएको

नवलपरासी, जेठ २३

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको न्यू लाईफ माबिमा कप्तान र उपकप्तान चयनका लागि निर्वाचन भएको छ । विद्यालयमा पहिलोपटक मतदान प्रकृयाबाट कप्तान र उपकप्तान छनोट गर्न लागिएको बिद्यालयले जनाएको छ ।

विद्यालयमा कप्तान छात्र १ जना र छात्रा १ जना गरी २ जना र उपकप्तान तर्फ छात्र २ र छात्रा २ गरी ४ जना निर्वाचित हुने निर्वाचन अधिकृत मोहन शरण पाण्डेले जानकारी दिनुभयो । कप्तानका लागि छात्र तर्फ ५ जना र छात्रा तर्फ ४ जनाले उम्मेदवारी दिएका थिए । उपकप्तान तर्फ छात्र ८ जना र छात्रा तर्फ ६ जनाको उम्मेदवारी परेको पाण्डेले बताउनु भयो ।

 

कप्तान र उपकप्तान दुबैमा आवश्यक संख्या भन्दा बढिको उम्मेदवारी परेपछि छनोटका लागि आईतबार मतदान गरिएको पाण्डेले बताउनु भयो । १९ गते बाट सुरु भएको निर्वाचन प्रकृया २२ गते आईतबार मतदान भएको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । मतदानका लागि कक्षा ६ देखी १० सम्मका ३ सय विद्यार्थी मतदाताको रुपमा रहेका थिए ।

विद्यालयका प्रिन्सिपल सन्तोष अधिकारीले विद्यार्थीको नेतृत्व विकासका लागि पहिलोपटक निर्वाचन प्रकृयाबाट कप्तान र उपकप्तान छनोट गर्न लागिएको बताउनुभएको थियो । विद्यालयमा अतिरिक्त क्रयाकलाप संचालन गर्नका लागि विद्यार्थीहरुकै नेतृत्व रहँदा बढि प्रभावकारी हुने र विद्यार्थीका गतिविधिलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका हुने अधिकारीले विश्वास ब्यक्त गर्नुभएको थियो ।

 

कक्षा १० का विद्यार्थीहरुले निर्वाचनको बारेमा सामाजीक विषयमा पढ्नुपर्ने भएकोले निर्वाचन कसरी गरिन्छ भन्ने बारेमा प्रयोगात्मक ज्ञान प्राप्त गर्नका लागि पनि सहज भएको उहाँको भनाई छ ।

 

प्रकाशित मिति: २०२२-०६-०६ , समय : ०६:४०:४१ , २ वर्ष अगाडि