पार्वती थारु , २७३ पटक हेरिएको
तिलोत्तमा,मंसिर १५
तेस्रो राष्टिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रर्वद्धन महोत्सव (२०८०) रुपन्देहीको मणिग्रममा चलिरहेको छ । ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सव मंसिर १७ गते सम्म चल्ने छ । महोत्सवमा आज (शुक्रबार) चर्चित गायिका एन्जिला रेग्मी ,रुपा जिएम , रितु शाही, अनिशा ढकाल,कुसुम परियार, गायक याेगराज पाेखरेल,गणेश अधिकारि,पदम सुनार लगायतकाे बेजाेड प्रस्तुति रहनेछ ।
साथै live band with dj सगेेै विभिन्न साँसकृतिक कार्यक्रमहरु हुने साँस्कृतिक समितिका संयोजक तथा साउन्ड सिस्टम व्यवस्थापक धन बहादुर गुरुङले बताउनु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सन्चालनमा आएको महोत्सवमा तिलोत्तमा नगरपालिका , तिलोत्तमा व्यापार संघ र उद्योग व्यापार संगठन तिलोत्तमाको सहआयोजना रहेको छ । दर्शक र व्यवसायीहरुको माग अनुसार अगामि मंसिर १७ गते आइतबार सम्म मेला सञ्चालन हुने तिलोत्तमा उद्योग वाणिज्य संघ अध्यक्ष गुणानिधि भण्डारीले जानकारी दिनु भएको छ।
मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ । कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजीका लागि महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका २५४ स्टलहरू रहेका छन् । मेलामा स्थानीय उत्पादनहरुलाई विशेष प्राथमिकता दिइएको र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि निःशुल्क स्टलको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२३-१२-०१ , समय : ११:०१:१९ , १२ महिना अगाडि