पार्वती थारु , ३२६ पटक हेरिएको
तिलोत्तमा,मंसिर १३
‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ दिन थप गरिएको आयोजकले जनाएको छ । रुपन्देहीको तिलोत्तमा ५ माणिग्रममा मंसिर १ गतेदेखि सन्चालनमा आएको व्यापार महोत्सव मंसिर १७ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
मेलामा आज गायिक शान्ति श्री परियार , सम्झना रणपाल, गायक कृष्णा रेउले, दिपक गराउजा, विनोद विष्टको विशेष प्रस्तुती रहने मेला आयोजकले जनाएको छ । यस्तै तिलोत्तमा लोक तारा सिजन २, आमा नृत्य प्रतियोगिता, विद्यालयस्तरीय प्रतियोगिता, तथा विभिन्न साँस्कृतिक प्रतियोगीता हुनेछ । दर्शक र व्यवसायीहरुको माग अनुसार आईतबासम्म मेला सञ्चालन हुने तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-११-२९ , समय : १३:२३:३० , १२ महिना अगाडि