गोबिन्द प्रसाद गिरि , ३९५ पटक हेरिएको
तिलाेत्तमा,मंसिर १२
लायन्स क्लब अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको आयाेजनामा तिलाेत्तमा नगरपालिका वडा नम्बर १५ नेपाल अबिनास अनाथ आश्रम कोटिहवामा शुक्रबार क्लबले १० औं बार्षिक उत्साह तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ सिद्धार्थनगर मिडटाउन कोटिहवा बिस्नु प्रसाद पराजुलीको अध्यक्षता, लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ P का फस्ट भिडिजी MJF लायन पुरुसोतम भक्त प्रधानाङकाे प्रमुख आतिथ्यता रहेकाे उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानाङले सामाजिक सेवा गर्दै अगाडि बढ्न र क्लबले गर्नुपर्ने कार्य याेजनाहरूबारे सल्लाह सुझाव दिदै बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
२०१३ मा चार्टर प्रेसिडेन्ट लायन कमल प्रसाद रेग्मीको नेतृत्वमा २५ जना सदस्य रहि नेपाल अबिनास अनाथआश्रम तिलोत्तमा १५ मै स्थापना गरेको स्मरण गराउदै रेग्मिले आफ्नो अनुभव र अहिके पनि साथिहरुको उर्जा भुकम्प २०७२ मा १३ लाख रुपैयाको सहयोग रासी बोकि भुकम्पमा सहयोग गर्दाको अनुभव सुनाउनु भएको थियो ।
जाेन चियर प्रसन गाेविन्द प्रसाद गिरी जोन ३३ले क्लबले सहयोगी हातहरु अगाडि बडाउन ६ जना नया सद्स्य थप गरेको जानकारी दिनु भएको थियो ।
अविनाश अनाथ आश्रममा रहने भाइ बैनिहरु पनि आफ्नै छोराछोरी जस्तै हुन भन्दै क्लबले आश्रममा स्थीत बालबालिकाहरु संग बडा दशै तिहार तथा छट को शुभकामना आदानप्रदान गर्दै खाध्यान्न , स्टेसनरी , ग्यास सिलिन्डर तथा सिङ्गो खसी हस्तान्तरण गरेको थियो ,भने क्यान्सर पिडित महिलाको उपचारार्थ सहयोग रकम लागि ४०,००० सहयोग गरेको क्बलका कोषाध्यक्ष ईश्वर बुढाथोकीले जानकारी दिनु भएको छ ।
कार्यक्रममा उद्योगी वसन्त रोकायले शुभकामना मन्तव्य राख्दै लायन्सले गरेका गतिविधि लाई खुलेर प्रशन्सा गर्नु भएको थियो।डिस्टिक एड्भाइजर लायन अर्चित श्रेष्ठ, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटिका अध्यक्ष मनोज छेत्री लियोका अध्यक्ष लगायतको उपस्थती रहेको थियो।
कार्यक्रममा PHD को उपाधी प्राप्त गर्ने क्लबका पुर्ब अध्यक्ष डा सालिकराम भन्डारीलाई क्लबको नाम उचो राखेको भन्दै कदर पत्रद्रारा सम्मान गरिएको थियो । प्रथम उपाध्यक्ष पबन सराङकोटिको स्वागत मन्तव्य क्लबका सचिब गोकर्ण खडकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-११-२८ , समय : ०४:५५:३० , १२ महिना अगाडि