उर्मिला यादव यात्री , ३४९ पटक हेरिएको
भैरहवा, मंसिर ११
रुपन्देहीको रोहिणी दुई भटपुरवामा अवस्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको दुई तल्ले भवनको आइतबार एक कार्यक्रमका बिच समुद्घाटन गरीएको छ । भारतको अनुदान सहयोगमा १ करोड ४९ लाख रुपैयाँ लागतमा २०६९ सालमा भवन निर्माण गरिएको ११ बर्ष पछि दुई तले विद्यालय भवनको उदघाटन गरीएको हो । विद्यालय भवनको उदघाटन गर्दै उपराष्ट्रपति राम सहायप्रसाद यादवले देशैभरका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन नेपाललाई भारतले गरेको सहयोग प्रशंसनीय रहेको बताउनु भएको छ । उहाले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीन रुपले नै अतुलनीय रहेको बताउनु भयो ।
उपराष्ट्रपति यादवले नेपालको शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको बताउनु भएको छ । ‘विशेष गरेर शैक्षिक क्षेत्रमा भारतको सहयोग महत्वपूर्ण छ,’ उहाले भन्नुभयो , ‘यसले नेपाली विद्यार्थीको शैक्षिक विकासमा योगदान पुगेको छ ।’
उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्र विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेकोमा जोड दिनु भएको छ । ‘देशका सरकार सम्बद्ध विद्यालयमा शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउन पर्ने देखिन्छ’, उहाले भन्नु भयो , ‘यसतर्फ सबै पक्ष लागेमा नेपालको शैक्षिक सुधार अझ बढी हुन्छ ।’ उहाले शिक्षाले ज्ञान, सिप, क्षमता र बौद्धिकता विकास गर्ने भन्दै सबैलाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिनु भएको छ ।
नेपालका लागि भारतीय कार्यवाहक राजदूत प्रशन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै मजबुत बनाउँदै लगेको बताउनु भएको छ । उहाले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै खासगरी शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको बताउनु भयो । ‘भारतसँगको सहकार्य र सहयोगमा निरन्तर नेपाली नागरिकले समर्थन गरिरहेका छन, यो प्रशंसायोग्य छ,’ उहाले भन्नु भयो । उहाले बिद्यालयको भवन निमार्णले बिद्यार्थीहरुलाई थप गुणस्तरीय शिक्षा प्रदान गर्नमा सहजता हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले भारतले नेपालको शैक्षिक विकासमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाले विद्यालय पूर्वाधार सम्पन्न हुँदा विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन पनि सहयोग पुग्ने बताउनु भयो ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पूर्वाधारसँगै पठनपाठन राम्रो भए विद्यालय शिक्षा सुध्रिने बताउनु भएको छ । उहाले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ । उहाले प्रदेश सरकारले अधिकार नपाएर राम्रा राम्रा योजना बनाएर पनि सोचे अनुरुप काम गर्न नसकेको गुनासो गर्नु भएको छ । उहाले प्रदेशको १२ जिल्लामा पिछडिएको जिल्ला, बस्ती लगायत यहाका युवाहरुलाई कसरी राम्रो शिक्षा संग जोडन सकिन्छ भनेर काम गर्दै आएको बताउनु भएको छ ।
त्यस्तै गरी रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले दशक अघि विद्यालय भवन निर्माण भए पनि विभिन्न कारणले उद्घाटन हुन नसकेको जनाउँदै उपराष्ट्रपतिबाट उद्घाटन गराउन पाउँदा गाउँपालिकावासी हर्षित भएको बताउनु भएको छ । अध्यक्ष यादवले रोहिणी क्षेत्रमा शैक्षिक विकासमा भारत सरकारको सहयोग स्मरणीय रहेको बताउनु भयो । उहाले स्थानिय सरकार भएको अनुभुति दिलाउनका लागी रोहिणी गाउपालिका जनप्रतिनिधी जनताको सेवामा दिनरात खटेको बताउनु भएको छ । उहाले गाउपालिकाको आफनै प्रशासनिक भवन नहुदा जनताले दुख पाएको गुनासो गर्दै अबको २ बर्ष भित्रमा गाउपालिकाको भवन निमार्ण हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले यहाका स्थानिय जनतालाई भैरहवा जान नपर्ने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न १५ शैयाको अस्पतालको निमार्ण कार्य सुरु भैसकेको समेत जानकारी दिनु भएको छ । उहाले रोहिणीको शिक्षा क्षेत्रमा धेरै सुधार आएको बताउदै आगामी दिनमा पनि यस क्षेत्रको बिकासमा गाउपालिका प्रतिबद्ध रहेर काम गर्ने जोड दिनु भयो ।
कार्यक्रममा रोहिणी गाउपालिकाका अध्यक्ष बिद्या प्रसाद यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रज्वल बोहरा, श्री पोखरभिण्डी माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शम्भु यादव लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भारतको अनुदान सहयोगमा १ करोड ४९ लाख रुपैयाँ लागतमा २०६९ सालमा निमार्ण भएको दुई तले विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन ।
प्रकाशित मिति: २०२३-११-२७ , समय : १०:४०:४४ , १२ महिना अगाडि