हरैया बहुमुखी क्याम्पसमा कविता लेखन तथा वाचन प्रतियोगिता

रुपन्देही खबर , ३८३  पटक हेरिएको

कञ्चन,मंसिर ८

हरैया बहुमुखी क्याम्पस, कञ्चन ३ हरैया रुपन्देहीमा आज शुक्रवार कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । फूल शीर्षकमा प्रतियोगी विद्यार्थीलाई कविता लेख्न र वाचन गर्न लगाइएको क्याम्पसका प्राध्यापक के.बि. धुवाँलेले जानकारी दिनु भएको छ।

प्रतियोगितामा बि.एड. चौँथो वर्षका रेखा प्रजापति प्रथम, बि.एड. तेस्रो वर्षका हरिकुमारी थारु द्वितीय र बि.एड. तेस्रो वर्षकै जीवन कुमार धवल तृतीय भएका थिए। यसैगरी प्रतियोगितामा बि. एड. प्रथम वर्षका राजनन्दनी हरिजन सान्त्वना भएका छन।

प्रतियेगितामा सहभागी बिधार्थीहरुलाई नेपाली साहित्य र त्यसको महत्ववारे बिचार राख्दै शिक्षाशास्त्र विभाग प्रमुख विनोद पौडेलले कुनै पनि साहित्य समाजको बास्तविक तस्बिर देखाउने ऐना भभएको र त्यही मार्फत समाजमा भएका हरेक कृयाकलापहरुको दुरुस्त तस्विर प्रस्तुत गर्ने साहित्यकारको मुख्य दायित्व भएको उल्लेख गर्नु भयो। बिद्यालय तथा उच्च शिक्षालयहरुमा समय समयमा संचालन गरिने प्रतियोगिताहरुले बिधार्थीहरुले समाजको यथार्थ चित्रण गर्नमा उत्साहित बनाउने शिक्षाशास्त्र विभाग प्रमुख पौडेलले बताउनु भयो। प्रतियोगिताले विद्यार्थीको प्रतिभामा अझै निखार आउने कुरामा समेत जोड दिनुभयो ।

१६ जना प्रतियोगी सहभागी कार्यक्रम शिक्षाशास्त्र विभाग प्रमुख विनोद पौडेलको अध्यक्षता तथा शिक्षक केबि धुवाँलेले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो। कार्यक्रममा प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२३-११-२४ , समय : १४:२३:४० , १ वर्ष अगाडि

error: कोपि गर्न पाइदैन