मर्चवारी गाउपालिकामा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई स्वागत

रुपन्देही खबर , १९८  पटक हेरिएको

मर्चवार,मंसिर ५

रुपन्देहीको मर्चवारी गाउँपालिकामा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच विगत ६ महिना सम्मरीमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा दिएर मर्चवारी गाउँपालिकामा सरुवा भई आउनु भएको प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईलाई स्वागत गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले सरुवा भई आउनु भएको नयाँ प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई स्थानीय तहबारे धेरै अनुभव रहेकोले काम गर्न थप सजिलो हुने बताउनु भएको छ । जनताको हितमा काम गर्नलाई आएको समाजले दिएको जिम्मेवारी पुरा गर्न कर्मचारी तथा जनप्रतिनिधिहरु एक रथका दुई पांग्रा रहेको भन्दै विकासको लक्ष्य प्राप्त गर्न दुबैपांग्रा संगसंगै हिडनुपर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले अहिले सम्म भएको कामहरुमा हुनेगरेको त्रुटीहरुलाई सच्याएर थप ब्यवस्थित तरिकाले काम गर्ने बताउनु भएको छ ।

यस अघि सेवा दिएका चिरञ्जीवी घिमिरेलाई सहयोग गरेका हरेक पक्षबाट आफुपनि सहयोगको अपेक्षा राखेको उहाले बताउनु भयो । आफ्नो ब्यक्तिगत भन्दा ऐन नियमलाई टेकेर काम गर्न मानसिकता बनाउनुपर्ने बताउनु भएको छ मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका इन्जिनियर गंगालाल यादवले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन प्रोसोत्म घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-११-२१ , समय : १९:५८:३५ , १ वर्ष अगाडि

error: कोपि गर्न पाइदैन