रुपन्देही खबर , २६६ पटक हेरिएको
सुनवल , मंसिर ३
पश्चिम नवलपरासीको सुनवलमा आगामी मङ्सिर २१ देखि पौष ४ गतेसम्म तेश्रो सुनवल महोत्सव हुने भएको छ । आर्थिक गतिविधिको चलायमान गर्न तथा स्थानिय उत्पादन र पर्यटन प्रवर्धनका लागि सुनवल उद्योग वाणिज्य सङ्घ सुनवलको आयोजनामा सुनवलको सोमनाथ हाट बजार लाग्ने स्थानमा कृषि, उद्योग, व्यापार कला र संस्कृति समग्र सुनवलको उन्नति मुल नाराका साथ तेश्रो सुनवल महोत्सव हुन लागेको हो ।
व्यापार मेलामा स्थानिय उत्पादन र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उदेश्यले आयोजना गर्न लागिएको मेलामा घरेलु तथा साना मझौला तथा ठूला उद्योग आतिरिक्त बिदेशका बस्तु र पहाडी कृषि जन्य र अन्यहरु समेत गरी २०० व्यावसायिक स्टलहरू रहने सुनवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिनु भएको छ ।
मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा १०करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष कर्मचार्यले बताउनु भएको छ । मेलाको मुख्य बिशेषता स्थानिय राष्ट्रिय र अन्तराष्ट्रिय लागानीकर्ता उत्पादक बितरण निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट भेला गराई सरसमाग्रीहरु अवलोकान गराउने तथा जानकारी दिने बताउनु भयो । अन्तराष्ट्रिय, कृषि तथा जडीबुटी पर्यटन सम्बन्धी दैनिक उपभोग्य बस्तु हस्तकाला तयारी पोशाक प्रर्दशन गरिने र सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको रुपमा रहने संघका अध्यक्ष कर्माचार्यले बताउनु भयो ।
मेलाको मुख्य आकर्षण सांस्कृतिक कार्यक्रममा बिद्यालय स्तरीय डान्स आईडल बिज्ञान प्रर्दशनी र खाना महोत्सव संचालन हुने सुनवल उद्योग बाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिनु भएको छ । उहाको अनुसार राष्ट्रिय र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती तथा सेल्फि जोन मेला अवाधिभर हुने बताउनु भयो ।
उहाको अनुसार ४५ स्थनिय स्टलहरु रहने बताउनु भएको छ । मेला अवलोकन गर्न आउने दर्शका लागि टिकट शुल्क एक सय निधारर्ण गरिएको छ भने बिद्यार्थीहरुलाई ७० रुपैयाँ र सामूहिक मेला अवलोकन गर्न आउने बिद्यार्थीहरु ५० प्रतिशत छुट दिइने र ६८ बर्ष भन्दा माथि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकलाई शतप्रतिशत छुटको व्यवस्था गरिएको सुनवल उद्योग वाणिज्य सङ्घका महासचिव तुल्सीराम तिवारीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-११-१९ , समय : ०५:४६:२७ , १ वर्ष अगाडि