सिसासको २३८औं नियमित मासिक साहित्यिक सङ्गम भैरहवामा सम्पन्न

उर्मिला यादव यात्री , ३१२  पटक हेरिएको

भैरहवा, कार्तिक १८

सिर्जनशील साहित्यिक समाज सिसास भैरहवा रुपन्देहीले २३८ औं नियमित मासिक साहित्यिक सङ्गम आज भैरहवामा एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षता तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष गङ्गा लिगलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै लिगलले साहित्य क्षेत्रलाई उन्नतशील बनाउनु पर्ने बताउनु भएको छ । उहाले साहित्य नै हाम्रो हतियार भएको बताउदै यस मार्फत नै हामीले देशमा भएका बिकृतीहरु माथि प्रहार गरी समस्या समाधान गर्न तर्फ सचेत गराउन सक्ने बताउनु भएको छ । उहाले देशप्रति सबैले चिन्तन मनन गर्नुपर्ने बताउदै देश बिकासमा एकता र सकरात्मक सोचका साथ अगाडी बढन आग्रह गर्नु भएको छ । उहाले साहित्य क्षेत्रको हतियार नै कलम भएकोले कलम मार्फत देश र समाजमा भएका बिकृतिहरुलाई उजागर गर्नुपर्ने बताउनु भएको छ । उहाले सकरात्मक सोचका साथ अगाडी बढन आग्रह गर्दै विकृति विसङ्गतिमाथि कडा प्रहार गर्न अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सिर्जना खनालको स्वागत मन्तव्य रहेको कार्यक्रममा वरिष्ठ गजलकार प्राज्ञ बूँद राना , सिद्धार्थ साहित्य परिषदका अध्यक्ष एवम समालोचक डिल्लीराज भट्टराई लगायतले शुभकामना मन्तब्य राख्दै आ आफनो रचना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरू बनमाली निराकार, रुद्र ज्ञवाली, उमेश रिजाल, युवराज शर्मा खनाल, सस्थाका निवर्तमान अध्यक्ष शशि पन्थी, कविहरू देविप्रसाद न्यौपाने, हिमाल बरुवाल, दीपक प्रधान, लक्ष्मीप्रसाद अधिकारी, रामराज गौतम, समाजसेवी जङ्ग बहादुर यादव नारि श्रष्टाहरू, लता प्रधान,साबित्री घिमिरे, गङ्गा घिमिरे, राधा भट्टराई, उर्मिला यादव यात्री, सम्पदा पन्थी तथा पोखरा विश्वविद्यालय साहित्य समाजका अध्यक्ष युवा साहित्यकार सागर केसी आदिले आआफ्ना रचना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रस्तुत रचनाहरूमा देशप्रतिको गहिरो चिन्ता , विकृति विसङ्गतिमाथि कडा प्रहार, पर्यटनको अपार सम्भावना, भुकम्पले दिएको पीडा आदि जस्ता विषयहरु समाबेश गरिएका थिए । भने कार्यक्रम संचालन संस्थाका सचिव बिष्णु गजुरेलले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : २१:४६:५१ , १ वर्ष अगाडि