रोहिणी बस दुर्घटना : थप १ जना मृतककोे सनाखत

रुपन्देही खबर , ६६७  पटक हेरिएको

भैरहवा , जेठ २२

रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा बस दुर्घटनामा मृत्यु भएका मध्य थप १ जनाको सनाखत भएको छ ।

९ जनाको मृत्यु हुने गरि भएको दुर्घटनामा परि तिलोत्तमा ८ की ३७ बर्षिया तुलसी बस्यालको थप सनाखत भएको प्रहरीले जनाएको छ । ३ जना मृतकको अझै सनाखत हुन सकेको छैन ।

मृतकमध्ये रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको यस अघि सनाखत भएको थियो ।

रुपन्देहीका प्रहरी प्रवक्ता नायव प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार आज बिहान करिब ४ः४५ बजे बस दुर्घटना भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नं।बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

डीएसपी पौडेलका अनुसार मृत्यु हुनेमा १ महिला र ८ पुरुष छन् । बसका चालक निदाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति: २०२२-०६-०५ , समय : ११:३५:५६ , २ वर्ष अगाडि