उर्मिला यादव यात्री , ५५४ पटक हेरिएको
भैरहवा, कार्तिक ५
सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले सचालन गरेको दशै सस्तो बजार २०८० को शनिबार एक कार्यक्रमका बिच समापन गरीएको छ । असोज २८ गतेदेखि कार्तिक ४ गते सम्म संघमा संचालन भएको दशै सस्तो बजारमा ५० लाख बराबरको कारोबार भएको सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । उहाका अनुसार दशै सस्तो बजारलाई २७ हजार जनाले अवलोकन गरेका छन । दशै सस्तो बजारमा तीस वटा स्टलहरु रहेका थिए । दशै सस्तो बजारमा हिमाली इलाकामा पाइने च्याङ्ग्रा, स्वदेशी उत्पादन बासको मुडामा बजार मुल्य भन्दा २४ प्रतिशत छुट रहेको थियो भने स्वदेशी उत्पादन स्टीलका भाँडाहरुहरुमा बजार मुल्य भन्दा २३ प्रतिशत छुट, स्वदेशी उत्पादन अचार तथा जुत्ता चप्पलहरुमा बजार मुल्य भन्दा २५ प्रतिशत छुट, स्वदेशी उत्पादन रौनक आधुनिक तेल शुद्ध तोरीको तेल बजार मुल्य भन्दा १० प्रतिशत छुटमा बिक्री बितरण भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ । यस्तै गरी स्वदेशी उत्पादन दालमोठ, भुजा, फुरनदाना लगायत २५ परिकारका सामाग्रीहरुमा बजार मुल्य भन्दा २० प्रतिशत छुट, स्वदेशी उत्पादन मैदा, बेसन, आँटा, दलिया, सुजिमा बजार मुल्य भन्दा १८ देखि ३० प्रतिशत छुट ,स्वदेशी उत्पादन झुरुम झुरुम चिउरा, टाईचन चिउरा, भुजा, सोयाविनमा बजार मुल्य भन्दा २५ प्रतिशत छुट, स्वदेशी उत्पादन–कुसन तथा डलहरु (हस्तकलाका सामाग्रीहरु)मा बजार मुल्य भन्दा २० प्रतिशत छुट, विभिन्न प्रकारका तन्ना, गलैचा, डोरम्याट, कुर्चि लगायतका अन्य सामाग्रीहरु बजार मुल्य भन्दा ५ देखि २० प्रतिशत छुट, स्वदेशी उत्पादन–तोरी तथा रुदिलोको मह बजार मुल्य भन्दा रु. १०० देखि रु.२०० सम्म छुट, स्वदेशी उत्पादन– नेचुरल हर्वका सामाग्रीहरु ग्रीन टि तथा अन्य सामाग्रीहरु बजार मुल्य भन्दा २० प्रतिशत छुट, स्वदेशी उत्पादन–तोरीको तेल, सुजि, माईक्रोनी, सोयाविन, काजु, सेवई, सूचि पास्ता लगायत अन्य सामाग्रीहरु बजार मुल्य भन्दा रु. ३० देखि रु.७० सम्म छुट,स्वदेशी उत्पादन–तोरी, सोयाविन तथा सूर्यमुखी तेल बजार मुल्य भन्दा रु. ३५ देखि रु.७५ सम्म छुट रहेको थियो ।
यस्तै गरी स्वदेशी उत्पादन– मुस्ताङ्गमा पाईने अर्गानिक र हाईजेनिक सामाग्रीहरुः स्याउ, स्याउको सुकुटी, आलु, आलुको चिप्स, जिम्बु, टिमुरको छोप, राय सागको विउ, लसुन र टिमुरको ग्रेभी छोप, बाँसको ड्राई टुसा, च्याउको ड्राइ, स्याउको जाम, मुलाको ड्राई, स्याउको क्याण्डी, सिस्नोको पाउडर लगायत अन्य सामाग्रीहरु सुपथ मुल्यमा पाइएको थियो । बजारमा स्वदेशी उत्पादन– सोयाविन तथा तोरीको तेलमा बजार मुल्य भन्दा १५ प्रतिशत छुट, स्वदेशी उत्पादन–मसलाहरु, चियापत्ति, चाउचाउहरु, करेन्ट चाउचाउ लगायत अन्य सामाग्रीहरु बजार मुल्य भन्दा रु. १५ देखि रु.१०० सम्म छुट, स्वदेशी उत्पादन–चेबनप्रास, गुलाव जल, मन्जन, हर्पिक, कोलिन, मह, लगायत अन्य सामाग्रीहरु बजार मुल्य भन्दा १० प्रतिशत छुट, पहाडी उत्पादन– विभिन्न किसिमका अचार, जाम, केचप लगायत अन्य सामाग्रीहरु बजार मुल्य भन्दा १० प्रतिशत छुट ,स्वदेशी उत्पादन– लुगा धुने सर्फ, भाँडा माझ्ने साबुन लगायत अन्य सामाग्रीहरु बजार मुल्य भन्दा रु. ३० देखि रु. ६० सम्म छुटस्वदेशी उत्पादन सिबी क्लासिक बाटला बजार मुल्य भन्दा २१ प्रतिशत छुट, ध्यू, दहि, दुध, रसबरी, चिज लगायत अन्य सामाग्रीहरु बजार मुल्य भन्दा ५ प्रतिशत छुट,स्वदेशी उत्पादन अर्ना सेभेन सिन्स बजार मुल्य भन्दा ५ प्रतिशत छुट, फिल्टर तथा अन्य सामाग्रीहरु बजार मुल्य भन्दा २० प्रतिशत छुट तथा अन्य आकर्षक उपहारहरु समेत रहेको थियो । दशै सस्तो बजारमा निःशुल्क आँखा जाँच, साल्ट ट्रेडिङबाट नुन, ईलेक्ट्रेनिक बाईक तथा स्कुटर, फोटोन, सेलरोटी तथा चुकौनी लगायत अन्य सामाग्रीहरु विभिन्न छुटमा पाइएको थियो । दशै सस्तो बजारमा स्टल राख्ने र प्रायोजनहरुलाई प्रमाण पत्र वितरण गरी सम्मान गरीएको थियो ।
यस्तै गरी दशै सस्तो बजारको मुख्य प्रायोजन सन साइन फुड प्रा.लि. (माया तेल) ले गरेको थियो । दशै सस्तो बजारमा चाडपर्वलाई झल्काउने गरी सजावट तथा पिङ्गको व्यवस्था गरेकोले बालबालिकाहरु खुशि भएका थिए । भने स्वदेशी उत्पादनहरुको प्रवर्धन र उपभोक्ताले गुणस्तरीय सहुलियत दरमा सामान खरिद गर्ने अवसर प्राप्त गरेका थिए । दशै सस्तो बजारमा धन्यवाद सहित समापन संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्व अध्यक्ष, पदाधिकारी, वस्तुगत मेला संयोजक, कार्यसमिति सदस्य, संघ संस्थाका प्रतिनिधीहरुको सहभागितामा दशै सस्तो बजार २०८० को समापन गरीएको संघको कार्यकारी सचिव कमला बस्नेतले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-१०-२२ , समय : ०९:१४:५० , १ वर्ष अगाडि