नवलपरासीको पाल्हीनन्दनमा उर्दु अरबी भाषा कक्षा संचालन

रुपन्देही खबर , १५३३  पटक हेरिएको

परासी,कार्तिक ४

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा उर्दु अरबी भाषा सिकाईका लागि आजदेखि कक्षा संचालन गरिएको छ । ओल्मा काउन्सिल नेपालले त्यहाँका स्थानिय युवाहरुलाई उर्दु अरबी भाषा सिकाउनका लागि आजदेखि कक्षा संचालनमा ल्याएको हो । खासगरि अरबीयन (गल्फ) देशमा रोजगारीको सिल्सिलामा जाने युवाहरुलाई अरबी भाषाको ज्ञान नभएकाले निकै समस्या भोग्नु पर्ने बाध्यता रहदै आएको उक्त समस्या सामाधानका लागि ओल्मा काउन्सिल नेपालले उर्दु अरबी भाषा सिक्न चाहने सबै समुदायका युवाहरुका लागि पालिकाको सदरमुकाम बेलासपुरमा कोचिंङ्ग सेन्टर (भाषा कक्षा संचालनमा ल्याएको ओल्मा काउन्सि नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भएको छ ।

उक्त उर्दु अरबी भाषा कक्षा संचालनको उद्दघाटन शत्र कार्यक्रम ओल्मा काउन्सि नेपालका पाल्हीनन्दनका संयोजक मौलाना जैनुल आबदीनको अध्यक्षतामा पाल्हीन्दन गाउँपालिका अध्यक्ष एवं कार्यक्रम प्रमुख अतिथि बैजु प्रसाद गुप्ताले विधिवत रुपमा कक्षाको सुभारम्भ गर्नु भएको हो । यस उर्दु अरबी भाषा सिकाई एका त भाषाको जानकारी हुने भने अर्काे तर्फ विदेशीने युवाहरुमा भाषागत समस्याले पनि विदेशहरुमा हैरानी ब्यहोर्न परिहेकोले ति देशमा जाने युवाहरुलाई भाषाको ज्ञान होस, आफ्ना समस्या समाधान गर्न तर्फ आफै सक्षम बनुन भन्ने उदेश्यले यस्तो कक्षा सञ्चालन गरिएको ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष हुसैन मिँयाले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो, वैदेशिक रोजगारीमा जादा भाषाकै कारण समस्या झेल्न नपरोस हाम्रो चाहना हो, यता युएस, अष्ट्रेलिय, क्यानाडा, युके, कोरिया, जापान लगायतका देशमा नेपालीहरु जादा त्यहाका भाषा सिकेर जाने गरेका छन हामी चाह्छां कि अरबीयन देशहरुमा पनि जाँदा युवाहरु त्यहाँका भाषा सिकेर जाउन । उर्दु र अरबी भाषा बोलिने, साउदी अरब, कतार, दुबई, कुवेद, बहरैन, जर्डन, टर्की, मिसर लगायतका मुलुकमा जादा त्यस्तो भाषाको जानकारी लिएर जादा युवाहरु सास्ती खेप्नु नपरोस भनि ओल्मा काउन्सिलको चाहना छ । कार्यक्रममा प्रमुख अतिथि पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले यो कार्य निकै प्रशसनिय कार्य रहेको र यसबाट विदेसिने युवाहरु भाषाको सिकेर विदेश जानु पर्नै सुझवा दिदै यस कोचिंङ्ग सेन्टरलाई पालिकाको तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
कार्यक्रममा ओल्मा काउन्सि नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मिँया, पाल्हीनन्दन गाउँपालिका वडा २ का अध्यक्ष जगदिश गुप्ता, वडा ३ का अध्यक्ष गोधन प्रसाद हरिजन, वडा ४ का अध्यक्ष रबिन्द्र सहानी, वडा ५ का अध्यक्ष दयाशंकर त्रिपाठी, समाजसेवी कासिद अलि, मौलाना हसन अलिमी, मौलाना मोहरम अलि निजामी, मौलाना सबरे आलम, मौलाना सेराज अहमद, मौलाना अमानुल्लाह कादरी, मौलाना उमर निजामी, मौलाना हाजी तैयब अंसारी लगायतले यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । आजदेखि कक्षा सुरभारम्भ भएको छ यसलाई थप व्यस्थित बनाई भाषाको भरपुर ज्ञान र सिकाईलाई प्रभावकारी बनाइने ओल्मा काउन्सिल नेपालले जनाएको छ । यो भाषा कक्षा पाल्हीनन्दनबाट शुभारम्भ भई आउदो दिनहरुमा जिल्लाको ७ वटै पालिकामा संचालन गरिने आयोजक संस्थाले जानाएको छ ।

प्रकाशित मिति: २०२३-१०-२१ , समय : २२:०१:४२ , १ वर्ष अगाडि