कञ्चनमा जारी वडास्तरिय फुटवल प्रतियोगिताको फाइनलमा हिमालय सामुदायिक बिकास केन्द्र र बगिया एफसी भिडन्त हुने

रुपन्देही खबर , २६४  पटक हेरिएको

कञ्चन,कार्तिक ४

रुपन्देहीको कञ्चन २ मा जारी फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा भोली कार्तिक ५ गते हुदैछ। कञ्चन २ मा रहेको गौतमबुद्ध क्रिकेट रंगशालामा गत असोज २६ गते देखि जारी वडास्तरिय फुटव प्रतियोगिताको फाइनलमा कञ्चन ४ को हिमालय सामुदायिक बिकास केन्द्र र बगिया एफ.सी. बिच अन्तिम भिडन्त हुने भएको छ। प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि पहिलो सेमीफाइनल खेलमा हिमालय सामुदायिक बिकास केन्द्रले कञ्चन ५ को गौतमबुद्ध सामुदायिक बिकास केन्द्रलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो। फाइनल प्रतिस्पर्धाको यात्राका लागि हिमालय सामुदायिक बिकास केन्द्रको तर्फबाट विश्व थापा, समिर क्षेत्री र विश्वास थापाले १-१ गोल गरेका थिए ।
यसैगरी हिमालय प्राइड र बगिया एफ.सी बिचको दोश्रो सेमीफाइनल प्रतिस्पर्धामा निर्धारित समयसम्म दुबै टिमबाट १-१ गोलको बराबरी भएपछि खेललाई ट्राइब्रेकरमा टुंग्याइएको थियो। हिमालय प्राइडका लागि सुमन काला मगर र वगिया एप.सी.का लागि टिम क्याप्टेन बिशाल थापाले गोल गरेका थिए। निर्धारित समयको खेलमा दुबै टिमबाट १-१ गोलको बराबरीमा टुंगिएपछि ट्राइब्रेकरको आधारमा बगिया एफ.सी.ले हिमालय प्राइडलाई ५-४ गोल अन्तरले पराजित गरी बगिया एफ.सीले हिमालय सामुदायिक बिकास केन्द्रसंगको भिडन्तलाई पक्का बनाउन सफल भएको हो।
नव अभियान युवा क्लव, कञ्चन २ सुगैयाताल, मटेरिया, गौरीडाडा रुपन्देहीको आयोजनामा संचालन भइरहेको वडास्तरिय फुटवल प्रतियोगितामा विजेता टिमले नगद ३० हजार रुपैया सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद २० हजार रुपैया सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। यसैगरी प्रतियोगिता अवधीभर बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

भोली हिमालय सामुदायिक बिकास केन्द्र र बगिया एफ.सी. बिच दिउस १ बजे अन्तिम फाइनल प्रतिस्पर्धा हुने नव अभियान युवा क्लवका खेल संयोजक बिकास कार्कीले जानकारी दिनु भएको छ।
वडास्तरिय फुटवल प्रतियोगिताका लागि इन्टरनेट पार्टनरका वल्र्ड लिंक र मिडिया पार्टनरमा कञ्चन खवर अनलाइन डिजिटल पत्रिका रहेको छ। प्रतियोगिताका लागि प्रथम पुरस्कार कञ्चन २ का बिष्णु महतले प्रायोजन गर्नु भएको छ भने र दोश्रो पुरस्कार कञ्चन २ निवासी हरि बर्मा र खिम बहादुर पुनले सौजन्य गर्नु भएको नव अभियान युवा क्लवका संचार संयोजक अनिल अर्यालले जानकारी दिनु भएको छ।

प्रकाशित मिति: २०२३-१०-२१ , समय : २१:३८:५८ , १ वर्ष अगाडि