पुर्खाको पेशामै रमाएर मनग्य आम्दानी गर्दै रामसुरत ठाकुर

उर्मिला यादव यात्री , ३२६  पटक हेरिएको

धकधइ,कार्तिक १

काम कहिल्यै पनि सानो र ठुलो हुदैन । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ । आफनै जन्मभुमिमा केहि गर्ने सोच बनाएर कपाल काटने पेसा अंगाल्दै आएका एक उदारहणीय पात्र हुन रामसुरत ठाकुर ।

बिदेशभन्दा पनि आफ्नै गाउँमै बसेर २३ बर्षदेखि रुपन्देहीको रोहिणी ३ धकधईमा राहुल हेयर कटिंग संचालन गर्दै आएका ठाकुरले राम्रो आम्दानी गर्दै आएका छन । धकधईमा एक नामी हजामका रुपमा परिचित ठाकुर मीठो बोली र सुमधुर मुस्कानले ग्राहकलाई हरपल स्वागत गर्ने गर्दछन । जसले गर्दा पनि उनको सैलुनमा दिनहु गा्रहकको चाप बढेको देख्न सकिन्छ ।

उनको ५ जनाको परिवार छ । सैलुनको आम्दानीबाटै दुई जना छोरी र एक छोरा पढदै छन भने एउटा छोरीको बिहे पनि गरीसकेको बताउछन । ठाकुरले बिस २०५७ सालदेखि व्यवसायिक रूपमा हेयर कटिंग संचालन गर्दै आएका छन ।

ठाकुरले खासखास समयमा मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्छन भने अन्य समयमा पनि मासिक ३० हजारभन्दा बढी नै आम्दानी हुने गरेको बताउँछन । जाडोयाम भन्दा गर्मी सिजनमा र लगनको समयमा बढी कमाई हुन्छ जाडोमा चिसोले गर्दा खासै ग्राहकको भिड हुदैन उनले भने ।

सामान्य परिवारमा जन्मिएका ठाकुर एसएलसीमा राम्रो नतिजा ल्याउन नसके पनि आफनो पुरख्यौली पेशाबाट सन्तुष्ट छन । पहिला पहिला बाबु बाजेले जजमानी गर्दै आउनु भयो मैले पनि केहि समय जजमानी गरेको हु उनी भन्छन । जजमानी भन्दा पनि ब्यवसायिक रुपमा आफनो पेशालाई अगाडी बढाउन पाउदा उनी खुसी छन ।

ठाकुरले संचालन गरेको राहुल हेयर कटिंग जेन्स पार्लर हो जसमा कपाल काट्ने र मसाज गर्ने मात्र नभइ जेन्स फेसियर , टाउको मसाज ,हेयर लाइट , कलर गर्ने र थे्रडिंग लगायतका सुबिधाहरु छन । उनले धेरै जनालाई यो सम्बन्धी सीप पनि सिकाएको र अहिले एक जना मान्छे नै राखेर आफनो ब्यवसायलाई संचालन गर्दै आएका छन ।

उनले कपाल काट्न सुरु गर्दा एक जनाको कपाल काटेको २० रुपैयाँ मात्र थियो । अहिले उनी कपाल काटेको १५० रुपैयाँ लिन्छन । २०५७ सालमा पसल सुरु गर्दा ९ हजार मात्र कमाउने रामसुरत अहिले ५० हजारभन्दा बढी मासिक आम्दानी गर्छन । उनले अहिले आफनो कमाईले ५ कोठे पक्की भवन पनि बनाइसकेका छन ।

ठाकुरको पसलमा दिनहु कपाल काट्नेको भीड हुन्छ । उनी बिहान ७ बजे पसलमा पुग्ने गर्छन भने साझ ८ बजेसम्म पसलमै काम गर्ने गर्दछन । उनको पसलमा हरेक उमेर समुहका मानिसहरु कपाल काट्न आउने गर्दछन । उनीसँग कतिपयले विदेशिने कुरा पनि सुनाउँछन । तर, उनी आफनै देशमा केहि गर्ने र युवाहरुलाई आफनै ठाउमा नै बसेर काम गर्न आग्रह गर्छन । उनले आफु २००८ सालमा बिदेश गएको तर अव जान मन लाग्दैन । आफनो देश जस्तो नहुने रहेछ । बिदेश जान मैले सोचेको पनि छैन । आफनै देशमा बसेर राम्रो आम्दानी छ, किन जान परयो बिदेश उनी मुस्कुराउदै भन्छन । उनले सीप कहिल्यै पनि सानोतिनो हुँदैन । आफूले जानेको काम स्वदेशमै गरे पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्दै सीप सिकेर स्वदेशमै युवाहरुलाई केहि गर्न आग्रह गरेका छन ।

प्रकाशित मिति: २०२३-१०-१८ , समय : १८:५८:०५ , १ वर्ष अगाडि