प्रकाश न्यौपाने , २१६ पटक हेरिएको
नवलपरासी,असोज २६
पश्चिम नवलपरासीका विभिन्न पाँच वटा स्थानमा यात्रु सहायता कक्ष संचालन गरिएको छ । बर्दघाट नगरपालिकाको बर्दघाट ०४ स्थित त्रिबेणि चोक, सुनवल नगरपालिका १२ मा भुमही चोकमा र सुनवल चोक , रामग्राम नगरपालिकाको परासीको बाइपास चोक र पाल्हिनन्दन गाउपालिकाको महेशपुर बसपार्कमा यात्रु संचालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजु खत्रीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिस्वप्रकाश अर्यालले सवारी दुर्घटना कम गर्ने र चाडपर्व समयमा हुने यात्रुहरुको चापलाई व्यवस्थित गर्नका लागी यात्रु सहायता कक्षले सहयोग गर्ने बताउनु भयो । यात्रु सहायता कक्ष २४ सै घण्टा संचालन हुने र यात्रुको सहज यात्रा बनाउनका लागि सबै पक्षले सहयोग गर्नु पर्ने उहाको भनाइ छ ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले चाडपर्वमा यात्रुको चाप बढ्ने बताउदै नागरिकहरु यात्राको क्रममामा सहज यात्रा बनाउन यात्रु सहायता कक्ष संचालन गरिएको बताउनु भयो ।
चाडपर्वको समयमा यात्रा गर्ने कोहि कसैलाई पनि समस्या नहोस् भन्ने उद्देश्यले नवलपरासीका विभिन्न ठाउँहरुमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको आचार्यले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-१०-१३ , समय : १७:००:३० , १ वर्ष अगाडि