नवलपरासीमा १३ लाख बराबरको अबैध कपडा बरामद

रुपन्देही खबर , ३१५  पटक हेरिएको

नवलपरासी, असोज २५

पश्चिम नवलपरासीमा प्रहरीले करिब १३ लाख बराबरको अबैध कपडा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरले सरावल गाउँपालिका वडा नं. ७ को बुलन्दपुरबाट अबैध रुपमा भन्सार छलि ल्याएको विभिन्न कपडाहरु बरामद गरेको छ ।

बुधबार विहान ५ वजेको समयमा गोप्य सूचनाको आधारमा प्रहरीले १२ लाख ७० हजार ४ सय बराबरको अबैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनु भएको छ । खासगरि चाडपर्व नजिकिए संगै भईरहेको तस्करीलाई नियन्त्रण गर्दा प्रहरीले उक्त समानहरु बरामद गरेको हो । भारतबाट कर छलि ल्याएको उक्त कपडामा जयपुरी साडी, जयपुरी सुट, रेडिमेट बलाउज, जेन्स कुर्ती, लेडिज सुट, थान कपडा, रेडिमेट टप्स लगायतको कपडाहरु सूचना अधिकारी बोहराले जानकारी गराउनु भएको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुर ईन्चार्ज प्रहरी निरीक्षक फल बहादुर तमाङ्गको कमाण्डमा खटिएको टोलिलाई तस्करहरुले देखेपछि कपडा छोडेर भागेपछि उक्त अबैध कपडाहरु लाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ

प्रकाशित मिति: २०२३-१०-१२ , समय : ०७:५९:४१ , १ वर्ष अगाडि