ज्ञानेश्वर उपाध्याय , १३१४ पटक हेरिएको
लुम्बिनी, असोज २२
बिश्व शिक्षक दिवसको अवसरमा लुम्बिनीमा पहिलो पटक शिक्षकहरुको सम्मान गरि बिश्व शिक्षक दिवस मनाइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा सम्पन्न उक्त दिवस थिङ्किङ्ग रिच नेपालको आयोजना तथा अन्य बिभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले लुम्बिनीमा पहिलो पट्क यस थिङकिङ्ग रिच नेपाल मार्फत शिक्षक तथा शिक्षिकाहरुको सम्मान गर्न पाउदा हर्षित भएको बताउनु भएको छ । उहाले यस्ता खालको कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताउदै आफ्नो तर्फबाट सधै सहयोग रहने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरि कार्यक्रमको अध्यक्ष तथा थिङकिङ रिच नेपालका संस्थापक गुप्ताले बिश्व शिक्षक दिवस हरेक वर्षको अक्टुबर ५ अर्थात असोज १८ गते पर्ने यो दिवसमा शिक्षकहरुको गुणस्तरियता, आत्मबल बढाउन तथा शिक्षक तथा बिद्यार्थी र अभिभावक बिचको सम्बन्धलाई स्थापित गराउनको लागि लुम्बिनीलाई नै मुख्य केन्द्रबिन्दु बनाई कार्यक्रम गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।
दिनेश गुप्ताको अध्यक्षता तथा सामाजिक बिकास मंन्त्री चन्द्रकेश गुप्ताको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा
प्रदेश सभा सदस्य कन्हैया बनिया अतिथीहरुमा एस. एन त्रीपाठी, रजत कशौधन ,गोबिन्द धवल,राज यादव ,रामदेव मौर्या लगायत बिभिन्न शिक्षक,शिक्षिका तथा अन्य संस्थाहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका , गैडहवा गाउपालिका ,कोटहीमाई गाउपालिका,मायादेवी गाउपालिका तथा शुद्धोधन गाउपालिका अन्तर्गतका बिद्यालहरुका शिक्षक शिक्षिकाहरुलाई प्रमुख अतिथी चन्द्रकेश गुप्ता र कन्हैया बनियाद्वारा सम्मान गराई दिवस मनाइएको हो ।
उक्त कार्यक्रममा लगभग ७०/८० जना शिक्षक तथा शिक्षिकाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन करन बरुनले गर्नुभएको थियो !!
प्रकाशित मिति: २०२३-१०-०९ , समय : १७:५६:०७ , १ वर्ष अगाडि