उर्मिला यादव यात्री , २९० पटक हेरिएको
बुटवल, असोज १९
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मेचीमहाकाली समाजवादी जागरण अभियान सुरु गरेको छ । रोजगारी, समृद्धि र सुशासन संकल्प गरी असोज १४ गतेदेखि सुरु भएको समाजवादी जागरण अभियानको टोली यहि असोज २o गते शनिबार साझ रुपन्देही आईपुग्ने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । जागरण अभियान असोज २९ गते महाकाली पुगेर समापन गरीने आयोजकले जनाएको छ । समाजबादी जागरण अभियान अन्र्तगत रहेर जिल्ला कमिटी रुपन्देहीले बिभिन्न कार्यक्रमहरु आयोजना गरेको एकीकृत समाजबादी रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिनु भएको छ । उहाले यहि असोज २१ गते भैरहवामा बिहान ८ बजे अन्तरक्रिया तथा बिहान ११ बजे जनसभा आयोजना गरीने जानकारी दिनु भएको छ । यस्तै गरी असोज २२ गते बुटवलमा अन्तरक्रिया र दिउसो ३ बजे ट्राफिक चोक बुटवलमा आमसभा हुने अध्यक्ष यादवले जानकारी दिनु भएको छ । अन्तरक्रिया र जनसभालाई पार्टीका अध्यक्ष माधव कुमार नेपाल, र महासचिव घनश्याम भुषाल सहित केन्द्रीय नेतृत्वले सम्बोधन गर्नेछन । अन्तरक्रिया कार्यक्रममा मुलुक बनाउने मुद्धाका बारेमा छलफल सुझाव संकलन गरीने नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज हरि पराजुलीले बताउनु भएको छ । पार्टीका केन्द्रिय सचिव पराजुलीले अभियानका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादी लगायत पार्टीका साढ़े तीन हजार बढी नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा समाहित भएको बताउनु भएको छ । पराजुलीले मुलुकबाट युवा जनशक्ति पलायन भइरहेकाले त्यसलाई रोक्नका लागि बेरोजगार उन्मूलन गर्नुपर्ने बताउनु भएको छ । उहाले कृषिबाटै बेरोजगार उन्मूलन गर्न सकिने बताउँदै अबको १० बर्षमा बेरोजगार उन्मूलन गरी रोजगारी, सुशासन र समृद्धि ल्याउन सकिने बताउनु भयो ।
उहाले मुलुकमा देखिएको आर्थिक संकट, युवाहरुमा देखिएको निराशा, बेरोजगारी समस्या, आधारभूत स्वास्थ्य सेवा, २१ औं शताब्दिमा पनि जातीय छुवाछुत र भेदभाव, लैंगिक हिंसा जस्ता कुरीती अन्त्य हुन नसक्नु, असहिष्णु र घृणाको राजनीतिले समृद्धि र समाजवादको यात्रालाई अल्मलाइरहेको अवस्थामा समाजवादी जागरण अभियानले नयाँ तरंग ल्याउने विश्वास व्यक्त गर्नु भएको छ । उहाले नेपाललाई १० बर्ष भित्र समृद्ध नेपाल बनाउन सकिने बताउदै नेपाली जनताको जीवन स्तरलाई पनि सुध्रीकीकरण गर्न सकिने जोड दिनु भयो ।
यस्तै गरी युवा शक्ति पलायनको समस्या अन्त्य गरी स्वदेशमै रोजगारी , राष्ट्रिय पुजीको बिकास गरी राष्ट्रिय उद्योग स्थापनाको बातावरण, कृषि उत्पादन बिक्रीको ग्यारेण्टी , सांस्कृतिक अतिक्रमणको प्रतिरोध , निशुल्क र गुणस्तरीय शिक्षा, निशुल्क स्वास्थ्य सेवा, राष्ट्रिय एकताको प्रवद्र्धन, र शान्ति सुरक्षाको ग्यारेण्टी , बिचारको पुर्नगठन र समाजबादी बैचारिक पार्टी निमार्णको एजेन्डा सहित समाजबादी जागरण अभियान थालिएको जिल्ला अध्यक्ष यादवको भनाई छ ।
रुपन्देहीमा जागरण अभियान अन्तर्गत शनिबार धकधईबाट अभियानलाई स्वागत गर्ने कार्यक्रम रहेको पार्टी उपसचिव टंक पोखरेलले जानकारी दिनु भएको छ । पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, प्रदेश कमिटि सदस्य हिराध्वज शाह, कमल प्रसाद भण्डारी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-१०-०६ , समय : १५:५६:४६ , १ वर्ष अगाडि