उत्तमकुमार थापा , २३५ पटक हेरिएको
लबझाङ, असोज ८
स्थानीय तह कर्मचारी सँघर्ष समिति बझाङले ज्ञापनपत्र बुझाएको छ । आइतबार एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई स्थानीय तह कर्मचारी सँघर्ष समिति बझाङले ज्ञापनपत्र बुझाएको हाे ।
प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिहदरवारमा बुझाएको थियाे । ज्ञापनपत्रमा लेखिएको छ । नेपालकाे सविधानले स्थानीयतहलाई स्थानीय सरकारको रुपमा परिकल्पना गरेकाे छ । साेहि अनुरुप लाेकतन्त्रकाे आधारभुत तहकाे रुपमा स्थानीय सरकार सञ्चालनमा देखिन्छ ।
सरकारले स्थानिय तहमा सरकारकाे अनुभुति भएको भएता पनि कर्मचारीहरुका थुप्रै माग पूरा हुन नसकेकोमा असन्तुष्टि जनाउदै ज्ञापनपत्र बुझाएको सँघर्ष समिती अध्यक्ष झलक दाैल्यालले बताए । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पनि स्थानीय तहमातहतकाे हुनुपर्ने र अन्य ऐनमा सबै हकअधिकार समेटिनु पर्ने सर्घष समिति बझाङले जनाएको छ ।
आज बुझाएको ज्ञापनपत्रमा १९ बुदे मागहरु रहेका छन । समितिले आज बाट आन्दोलनमा रहेको जनाएको छ । माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिनु भयाे । यता प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने,हामी सबै कर्मचारी भएको भएर जनतालाई मारमा नपर्ने गरि आन्दाेलन गर्न निर्देशन दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०९-२५ , समय : ०८:४९:१६ , १ वर्ष अगाडि