इप्रका मर्चवारको विषयमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

रुपन्देही खबर , ४४६  पटक हेरिएको

भैरहवा, असोज ६

जनमत पार्टीको केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको नेतृत्वमा शुक्रवार गएको टोलिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई उहाँको कार्यकक्षमा स्वागत तथा अभिनन्दन गरेको छ । साथै कर्मचारीको अभावले लगभग १ महिना देखि बन्द रहेको इलाका प्रशासन कार्यालय मर्चवारको विषयमा ध्यानाकर्षण गराएको छ । इलाका प्रशासन कार्यालय बन्द रहेकोले नागरिकता जस्तो संबेदनसिल काम लगायत इ प्र का बाट दैनिक रुपमा हुने काम ठप्प हुदा मर्चवारको जनता सस्ती भोग्न परिरहेको अवस्थालाई मध्यनजर गर्दै मौखिक रुपमा ध्यानाकर्षण गराइएको जनमत पार्टीका केन्द्रिय सदस्य रामु यादवले जानकारी दिनु भएको छ ।

साथै मर्चवारी गाउपालिका वार्ड नम्बर १ खैरा घाटबाट भारत तर्फ आवातजावत गर्न एकमात्र उपायको रुपमा रहेको डुङ्गा भारतको सिमा सुरक्षा बल बन्द गराइदिदा त्यहाँ को जनतालाई भइरहेको समस्यको विषयमा पनि ध्यानाकर्षण गराइएको यादवले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यथाशीघ्र समस्याहरु समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
भेटघाटमा केन्द्रिय कार्यकारिणी समिति सदस्य राम केश गुप्ता, केन्द्रिय सदस्य रामु यादव, राम अवध गुप्ता, किरन गुप्ता, जनमत शिक्षक संघ केन्द्रीय सदस्य राम देव यादव, युवा नेता रुपचन यादव, रमा शंकर यादव, मुरली कुर्मी, सुबास यादव र रामु लोध लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०९-२३ , समय : ०६:५६:४० , १ वर्ष अगाडि