कञ्चन गाउपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने

रुपन्देही खबर , २५२  पटक हेरिएको

कञ्चन भदौ २९

रुपन्देहीको कञ्चन गाउपालिकामा संस्थागत रुपमा पहिलो पटक प्रथम उपाध्यक्ष महिला भलिवल प्रतियोगिता संचालन हुने भएको छ। लायन्स क्लव अफ कञ्चन लेडीको आयोजना तथा कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा उपाध्यक्ष कपको रुपमा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको हो। उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा लायन्स क्लव अफ कञ्चनका युथ कोर्डिनेटर लायन राम बहादुर थापाले संस्थागत रुपमा गाउपालिकाले उपाध्यक्ष कपको लागि विनियोति रकम र लायन्स क्लव अफ कञ्चन र लियो क्लव अफ कञ्चनको संयुक्त सहकार्य तथा लायन्स क्लव अफ कञ्चन लेडीको आयोजनामा प्रथम उपाध्यक्ष कप खुल्ला महिला भलिवल प्रतियोगिता संचालन गर्न लागेको बताउनु भयो।

लिगकम नआउट आधारमा संचालन गरिने उक्त प्रतियोगितामा गुल्मी, स्याङ्गजा, पाल्पा, कपिलबस्तु र रुपन्देहीका गरी १२ भलिवल टिमहरुको सहभागिता हुने युथ कोर्डिनेटर लायन थापाले जानकारी दिनु भयो । जिल्ला भलिवल संघका उपाध्यक्ष तथा जिल्ला खेलकुद बिकास समितिका सदस्य समेत रहनु भएको थापाले खेलले मानिसलाई स्वस्थ बनाउने र स्वस्थ खेलाडीले खेलको माध्यमबाट देशको पहिचान गराउने भएकोले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराको परिकल्पना गएिको बताउनु भयो। कञ्चनमा कुनै एक खेलको मात्र नभई करिब १२ भन्दा बढी खेलका खेलाडीहरु समेत राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा लिई यस कञ्चन गाउपालिकाको गरिमा बढाउदै पालिकाको पहिचान समेत गरिरहेको सन्दर्भमा राष्ट्रिय खेलको रुपमा रहेको भलिवल खेलमा महिलाहरुको सहभागितलाई अझ बढी आकर्षित गराउन उपाध्यक्ष कपको परिकल्पना गरिएको बताउनाु भयो।

पत्रकार सम्मेलनमा सहभागी खेलाडी, पत्रकार र आयोजक टिमका पदाधिकारीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको समग्र खेलकुदको बिकासका लागि कार्यविधि तयार भइसकेको र खेलकुद सम्बन्धी समपुर्ण गतिविध पालिका स्तरिय खेलकुद बिकास समिति मार्फत संचालन गर्नेगरी पालिकाले तयारी गरिरहेको बताउनु भयो। हरेक बर्ष फरक फरक बिधामा पालिकाकै ब्यबस्थापनमा अध्यक्ष तथा उपाध्यक्ष कप सञ्चालन गर्ने योजनाका पालिकाले अगाडी बढीरहेको समेत अध्यक्ष ढकालले जानकारी दिनु भयो।

यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरुको शसक्तीकरण खेलको माध्यमबाट गर्न सकिने र प्राय प्रतियोगिताहरु पुरुष लक्षित संचालन हुने भएकोले महिला टिम आयोजक भएर पहिलो पटक महिला लक्षित उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता संचालन गर्न पालिकाले आवस्यक बजेटको ब्यबस्थापन गरेको बताउनु भयो। महिलाहरु कि त घरधण्दामा कि त कुनै आयोजनाको दर्शक मात्र भएको देखिएकोले महिलाहरुमा खेलकुद सम्बन्धी ज्ञान र सिप छ र प्रतिस्पर्धामा सहभागिता जनाउन सक्छ भन्ने सन्देश दिन पनि संस्थागत रुपमा उपाध्यक्ष कपको रुपमा खुल्ला महिला भलिवल प्रतियोगिता संचालन गर्न लायन्स क्लव अफ कञ्चन लेडीसंग समन्वय गरिएको उपाध्यक्ष थापा मगरले बताउनु भयो।

पत्रकार सम्मेलनमा कञ्चन गाउापालिकाका प्रवक्ता चित्र तुलाचनले महिलाहरुलाई पनि खेलकुदको माध्यमबाट समाज रुपान्तरणमा संलग्न बनाउन सकिने सोंचका साथ यस आर्थिक बर्षमा उपाध्यक्ष कपको रुपमा महिला भलिवल प्रतियोगिता संचालन गर्न लायन्स क्लव अफ कञ्चन लेडीलाई आर्थिक सहयोग गरिएको बताउनु भयो। बिभिन्न खेलकुद प्रतियोगिताको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्यि रुपमा प्रतिस्पर्धा गरेर कञ्चनको मान र शानलाई अझ उचो बनाएको प्रति खेलाडी र सम्बन्धित खेलका प्रशिक्षकहरुलाई धन्यवाद दिदै सामाजिक बिकास समितिका संयोजक समेत रहनु भएका प्रवक्ता तुलाचनले कञ्चनको खेलकुदको बिकासका लागि छिटै नै खेलकुद बिकास समिति गठन गरिने समेत जानकारी दिनु भयो।

यसैगरी लायन्स क्लव अफ कञ्चन लेडी बर्ष २०२३/२०२४का अध्यक्ष रेनुका थापाले महिला खेलाडीमा भएको खेलकुद क्षमतालाई बाहिर ल्याउन र खेल प्रतिभा भएर पनि कही प्रदर्शन गर्न नपाएका महिला खेलाडीहरुका लागि स्टेज प्रदान गर्न महिला भलिवल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनु भयो। महिलाहरुको महान पर्व हरितालिका तिज अवसरमा भड्किलो संस्कृतिको बिजारोपण भइरहेको सन्दर्भमा तिजको आफ्नै मौलिक कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न तिज गित तथा नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको अध्यक्ष थापाले बताउनु भयो।

अध्यक्ष थापाले प्रथम उपाध्यक्ष कप खुल्ला महिला भलिवल प्रतियोगितामा विजेता हुने टिमले नगद ५० हजार सहित कप र मेडल प्राप्त गर्ने र उपविजेताले नगद ३० हजार सहित कप र मेडल प्राप्त गर्ने जानकारी दिनु भयो। यसैगरी प्रतियोगितामा तेश्रो र चौथो(सान्त्वना) हुने टिमले क्रमशः नगद २० हजार र १० हजार रुपैया प्राप्त गर्ने छन। तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद ७ हजार रुपैया सहित कप र मेडल प्राप्त गर्ने छन भने दोश्रो हुने टिमले नगद ५ हजार तथा तेश्रो हुने टिमले नगद ३ हजार रुपैया प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिनु भयो।

भलिवल प्रतियोगिता २९ गते देखि भदौ १ गते सम्म संचालन हुने छ भने तिज गित तथा नृत्य प्रतियोगिता ३० गते देखि संचालन हुने आयोजकले जनाएको छ। हरितालिका तिजको अवसरमा कञ्चन ४ दियो खेलमैदानमा हुने कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुती हुने लायन्स क्लव अफ कञ्चन बर्ष २०२३/२०२४ का अध्यक्ष गणेश आचार्यले जानकारी दिनु भयो।

लायन्स क्लव अफ कञ्चन २०२३/२०२४ का अध्यक्ष रेनुका थापाको अध्यक्षता तथा सचिव हेम बहादुर थापाको संचालनमा भएको पत्रकार सम्मेलन होटल क्रिस्टल क्राउनमा भएको थियो। कार्यक्रममा लियो क्लव अफ कञ्चन बर्ष २०२३/२०२४ का अध्यक्ष सन्तोष कडेंलको समेत उपस्थिती रहेको थियो।

प्रकाशित मिति: २०२३-०९-१५ , समय : ०८:४४:४४ , १ वर्ष अगाडि