रुपन्देहीका प्रजिअ पाण्डेलाई सिद्धार्थ उद्योग बाणिज्य संघले गर्याे बिदाइ

उर्मिला यादव यात्री , ५०६  पटक हेरिएको

भैरहवा, भदौ २६

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको फेरि भेटौला कार्यक्रममा पाण्डेलाई बिदाई गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निर्वाचन तथा बिपदको समयमा नागरिक समाज , मिडिया , राजनितिक दल, निजी क्षेत्र लगायत सबैको साथ सहयोग पाएर बिवादरहित हिसाबले निवार्चन सम्पन्न गरेको बताउनु भएको छ । उहाले कोभिडबाट ढलेकोे अर्थतन्त्रले उद्योगी ब्यवसायीहरुमा एकदमै समस्या रहेकोले स्थानिय बजारलाई चलायमान बनाउनका लागी बिभिन्न संघसंस्था लगायत सरोकारवाला निकाय संग बृहत छलफल गरी स्थानिय बजारलाई प्रबद्र्धन हुने गरी काम गर्न सकेको बताउनु भएको छ । उहाले फरेनिया बजारलाई पुर्ण रुपमा नियन्त्रण गर्न नसके पनि केहि हद सम्म निरुत्साहित गरी स्थानिय बजार चलायमान बनाउन सकेको जोड दिनु भयो ।

उहाले भन्सार क्षेत्रमा रहेको समस्या समाधानका लागी लामो समय देखि उद्योगी ब्यवसायीहरुले उठाउदै आएको मागलाई कार्यान्वयन गरी बाहिरबाट आएका सामानहरुलाई भन्सारको दायराभित्र ल्याई ब्यवस्थित गरेको बताउनु भयो । यसले गर्दा केही हदसम्म स्थानिय बजार चलायमान भएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । यस्तै गरी बिद्यमान कानुनमा भएको ब्यवस्थालाई कार्यान्वयन प्रकियामा लगेको बताउदै यसमा निजी क्षेत्रको सहयोग पुर्ण रुपमा पाएको बताउनु भयो । उहाले जिल्लामा पर्यटन क्षेत्रको बिकासका लागी कार्यबिधि नै बनाएर रात्रीकालिन बजार संचालनमा ल्याएको बताउनु भएको छ । उहाले एयरपोर्ट, बसपार्क र हस्पिटलको सेरोफेरोमा २४ सै घण्टा रात्रिकालिन ब्यवसाय संचालन गर्न सहजीकरण गरेको बताउनु भयो । उहाले रात्रीकालिन रुपमा संचालन रहेका ब्यवसायलाई मर्यादित गर्दै लैजानुपर्ने बताउदै यसले पर्यटन क्षेत्रको बिकासमा मदत पुग्ने भएकोले आवश्यकता अनुसार मापदण्ड बनाएर संचालन गर्न अनुमति दिएको बताउनु भयो । उहाले जिल्लाको हरेक क्षेत्रमा समस्या रहेको बताउदै निजी क्षेत्रबाट गम्भिर समस्या सुन्न नपरेको बताउनु भयो ।

यस्तै उद्योेग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रमुख जिल्ला अधिकारी पाण्डेले आफनो कार्यकालमा उत्तरदायी भुमिका निर्वाह गरेकोले पाण्डेको सुखद भबिष्यको कामना गर्दै शुभकामना दिनु भएको थियो । उहाले प्रजिअ पाण्डेको कार्यकालमा जिल्ला प्रशासन घेराउ गर्ने समय नआएको बताउदै पाण्डेको १५ महिने कार्यकाल समग्रमा रुपन्देहीका उद्योगी ब्यवसायीको हकहितमा रहेको बताउनु भएको थियो ।

कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रजिअ पाण्डेको कार्यकालमा उद्योगी ब्यवसायीहरुले प्रशासनले गर्दा दुख नपाएको बताउनु भएको छ । उहाले उद्योगमैत्री र ब्यवसायी मैत्री प्रशासन पाउदा खुसी भएको उल्लेख गर्नु भयो । उहाले भन्सार ऐन कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भुमिका रहेको जानकारी गराउदै अब आउने प्रजिअ गणेश अर्याललाई पनि पाण्डेले यहाको बस्तुस्थितीको बारेमा जानकारी गराउन आग्रह गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले रुपन्देही जिल्लाको लागी प्रजिअ पाण्डेले गर्नु भएको सहयोगलाई भुल्न नसक्ने बताउनु भएको छ । उहाले उद्योगी तथा ब्यवसायी क्षेत्रको बिकासमा हातेमालो गर्दै निजी क्षेत्रले उठाएका समस्यालाई समाधान गर्न हरपल प्रयासरत रहने प्रमुख जिल्ला अधिकारी पाण्डेको कार्यले संघको नाम पनि उच्च हुन पुगेको बताउनु भएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन संघका महासचिव कृष्ण प्रसाद घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०९-१२ , समय : २०:२७:२४ , १ वर्ष अगाडि