उर्मिला यादव यात्री , ३७९ पटक हेरिएको
भैरहवा, भदौ २५
नेपाली कांग्रेसका पुर्व केन्द्रिय महामन्त्री तथा पुर्व उपप्रधानमन्त्री कृष्ण प्रसाद सिटौलाले संबिधान बमोजिमको एक कार्यकाल तीनै तहका सरकारले पुरा गरेको बताउदै यसबाट जनताको पक्षमा कति उपलब्धी भयो त्यस बिषयमा जनमतको धारणा बुझन र मुल्यांकन गर्न आग्रह गर्नु भएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पुर्व उपप्रधानमन्त्री सिटौलाले कांग्रेसले नै जनताको लागी परिर्वतन ल्याएको बताउदै जनताको पक्ष र हितमा कांग्रेसले धेरै काम गरेको बताउनु भयो ।
उहाले दोस्रो कार्यकालको निवार्चनमा अहिले नेपाली कांग्रेस पार्टी स्थानिय तह, प्रदेश र देशमा नै ठुलो पार्टी भएको बताउनु भयो । उहाले भन्नु भयो , अहिले गठबन्धनको सरकार छ । दोस्रो कार्यकालको अहिले मुल्यांकन गर्ने बेला भइसकेको छैन। स्थानिय तह भर्खर दोस्रो बजेटमा जादैछ । केन्द्र पनि पहिलो बजेटमा जादैछ जसलाई प्रारम्भिक अवस्था नै मान्नुपर्छ । मुल्यांकन गरी हाल्नुपर्ने बेला भएको छैन । तर जे भए पनि नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान जारी भए पछि त्यो संबिधान बमोजिमको एक कार्यकाल तीनै तहका सरकारले पुरा गरेको बताउदै यसबाट जनताको पक्षमा कति उपलब्धी भयो त्यस बिषयमा जनमतको धारणा बुझन र मुल्यांकन गर्न आग्रह गर्नु भएको छ ।
देशको हितमा काम गर्ने पुर्व उपप्रधानमन्त्री सिटौलाको भनाई छ । उहाले नेपाली कांग्रेसमा संगठित भएर काम गर्न चाहन्छौ । कांग्रेस भनेको कांग्रेसका लागी मात्र होइन , कांग्रेस भनेको देश जनताको लागी भएको बताउदै जनताको अधिकारको लागी कांग्रेस पार्टी जन्मिएको बताउनु भयोउहाले माओवादी आएर धर्म निरपेक्षता आएको भ्रममा नर्पन आग्रह पनि गर्नु भएको छ । उहाले धर्मनिरपेक्षता संसदबाट सर्वसम्मतिले पारित भएकाले भ्रममा नहिडन कांग्रेसका नेता कार्यकर्ताहरुलाई आग्रह समेत गर्नु भएको छ । पुर्व उपप्रधानमन्त्री सिटौलाले भन्नु भयो, सात दलको एलायन्सले माओवादी संग १२ बुदे समझदारी गरेका थियौ । जसमा माओवादीले हतियार छोडनुपर्छ, शान्ति प्रक्रियामा आउनुपर्छ र बहुदलिय लोकतान्त्रिक मुल्यमान्यता ब्यवस्थालाई मान्नुपर्छ भन्ने मुख्य उदेश्य रहेको थियो ।
उहाले देश र जनता प्रति सर्मपणको संकल्प गरेर कांग्रेस भित्र प्रवेश गरेको र संगठित भएकोे बताउनु भयो । कांग्रेसको सिद्धान्त , निती र बिचार मन परेर आम नेपाली जनताको भलो गर्ने उदेश्यले कांग्रेसमा प्रवेश गरेकोले देश र जनताको लागी काम गर्नुपर्ने सिटौलाको भनाइ छ । उहाले नेपाली कांग्रेस पाटीका मानिसहरुले आफनो देश र जनता प्रति उत्तरदायी भएर जवाफदेही जिम्मेवारी पुर्वक काम गर्न आग्रह गर्नु भएको छ । उहाले यस बिषयमा कांग्रेस कहानिर चुकेको छ भनि प्रश्न समेत गर्नु भएको थियो । उहाले पार्टी भित्र बृहत एकता निमार्ण गर्ने अभियानका साथ हिडन कार्यकर्तालाई आग्रह गर्दै पार्टीले निर्णय गरेका बिषयहरु कार्यकर्ताले उल्लंघन गर्न नहुने जोड दिनु भएको थियो । कार्यक्रममा कांग्रेसका पुर्व केन्द्रिय महामन्त्री कृष्ण प्रसाद सिटौलाले बालकृष्ण खाणको कुनै दोष नरहेको बताउनु भएको छ । उहाले भन्नु भयो मेरो आफनो बिचारमा खाणजीको कुनै गल्ती छैन । खाणजी चाँडै आउनुहुन्छ , विचाराधिन मुद्दाका बारेमा म त्यति बोल्दिन ।’
यस्तै गरी कार्यक्रममा सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले नेपाली कांग्रेसको गठबन्धन सरकार भए पनि आफुहरु टुलुटुलु हेर्न बाहेक केही गर्न नसकेको गुनासो गर्नु भएको छ । उहाले सर्वसाधारण जनताले उपभोग गर्ने चिजहरुमा प्रहरी प्रशासन लगायतले दुख दिदै आएकोले यस बिषयमा सिमानाकामा सहजीकरण गर्न आग्रह गर्नु भएको छ । उहाले जनताले लोकतन्त्र अनुभुति गर्न नपाएको बताउनु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस सिनपा वडा नम्बर १० का सभापति बिजय नाथ धवलले नेपाली कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर कसरी अगाडी लैजान सकिन्छ सो बिषयमा मनन गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सिनपा वडा नम्बर ६ का सभापति रामबहादुर गुरुंगले अधिकांश कांग्रेस नेताहरु माथि सांघातिक हमला हुनुले पार्टीका नेता कार्यकर्ताले असुरक्षित रहेको अनुभुति गरिरहेको समयमा पार्टीको गतिबिधि कसरी अगाडी बढाउन सकिन्छ भन्दै जिज्ञासा राख्नु भएको थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति सुशील गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका पुर्व केन्द्रिय महामन्त्री तथा पुर्व उपप्रधानमन्त्री कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनालको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रम संचालन नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सचिव लेखनाथ भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गंगा शाही , तारमान गुरुंग, कुन्दनराज काफले, धना खतिवडा, भिम पराजुली , संबिधानसभा सदस्य भिमसेन दास प्रधान, नेपाली कांग्रेस केन्द्रिय सह महामन्त्री उमाकान्त चौधरी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०९-११ , समय : २३:१३:४४ , १ वर्ष अगाडि