रुपन्देही खबर , ३०७ पटक हेरिएको
दाङ, भदौ २३
बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनु भएको छ ।
मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका-३ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू छन्। मृतक तीन जनाको भने परिचय खुलिसकेको छैन। दुर्घटनामा २८ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जना सामान्य रहेको छ । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ जादै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।
प्रकाशित मिति: २०२३-०९-०९ , समय : ०९:०८:४४ , १ वर्ष अगाडि