रुपन्देही खबर , १४३४ पटक हेरिएको
भैरहवा , भदौ २०
यदुवंशी युवा समाज रुपन्देहीले श्री कृष्ण जन्माष्टमीको अवसरमा आज बुधबार एक कार्यक्रमका बिच भिम अस्पताल भैरहवामा फलफुल बितरण गरेको छ । यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा. रणधीर यादवको अध्यक्षता तथा भिम अस्पताल ब्यवस्थापन समिती भैरहवाका अध्यक्ष नारायण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा १५० भन्दा बढी बिरामीलाई फलफुल बितरण गरीएको हो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष भण्डारीले यदुवंशी युवा समाजले गरेको कार्यको प्रशंसा गर्दै अझै पनि सक्रिय भएर समाजको लागी केहि गर्न आग्रह गर्नु भएको छ । उहाले युवाहरु नै देश बिकासको मुल स्तम्भ भएकोले युवाले चालेका सकरात्मक कामले नै समाजमा परिर्वतन आएको जोड दिनु भयो । उहाले समाजमा धर्म संस्कृति , जाति, बर्ग बिच रहेको नकरात्मक बिभेदलाई युवाले चिर्नुपर्ने बताउनु भएको छ । उहाले युवाले समाजलाई सहि दिशा तर्फ डोरयाएकोले समाजमा भएका नकरात्मक पक्षलाई हटाउनु युवाको कत्तब्र्य रहेको उल्लेख गर्नु भयो । उहाले देश पछौटेपनमा गएकोले अब युवाहरु जागरुक नभए देश बन्न नसक्ने भएकोले देशको भबिष्य नै युवाको हातमा भएको बताउनु भयो । युवा सकरात्मक काममा लागे मात्र समाज र देशको बिकास हुन सक्ने अस्पताल ब्यवस्थापन समिती अध्यक्ष भण्डारीको भनाई छ ।
उहाले कृष्णजन्माष्टमीको अवसरमा भिम अस्पातालका बिरामीहरुलाई फलफुल बितरण गर्नु एकदमै सर्हानिय कार्य भएको उल्लेख गर्नु भयो । उहाले अस्पतालमा आफु अध्यक्ष भएर आए पछि धेरै सुधार भएको बताउदै अस्पतालको स्तरउन्नती भए देखि बिरामीको चाप एकदमै बढेको समेत बताउनु भयो । उहाले अस्पतालको सुधार गर्नका लागी समाजका दाताहरुले कुर्ची, पंखा, खानेपानी लगायतका सामानहरु सहयोग गर्दै आएको बताउनु भएको छ ।
कार्यक्रममा युवा समाजका अध्यक्ष डा. रणधीर यादवले यदुवंशी युवा समाजले आफनो धर्म संस्कृतिको संरक्षण गर्नु मात्र नभई समाजलाई सहि बाटोमा डोरयाउनका लागी युवाहरु मिलेर अगाडी बढेको बताउनु भएको छ । उहाले समाज परिवर्तनको ऐना नै युवा भएकोले त्यही लक्ष्य अनुसार नै काम गर्दै आएको उहाले जोड दिनु भयो ।
कार्यक्रममा युदवंशी युवा समाज रुपन्देहीका सदस्य जय यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा युवा समाजका उपाध्यक्ष बिजय यादव, गोपाल सेवा समिती सियारीका महेन्द्र यादव, गोपाल सेवा समिती सियारीका सचिव प्रमोद यादव, युवा समाजका सहकोषाध्यक्ष बिरेन्द्र यादव, रुपन्देही खबरको प्रबन्धक उर्मिला यादव यात्री लगायतले बोल्दै यदुवंशी युवा समाजले समाजको लागी गर्दै आएको सकरात्मक कार्यले युवाहरुले धेरै कुरा सिक्न पाएकोले आगामी दिनमा पनि आफनो धर्म संस्कृतिको संरक्षणमा सक्रिय भएर लाग्न आग्रह गर्नु भएको थियो । भने कार्यक्रम संचालन युवा समाजका सदस्य पवन यादवले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०९-०६ , समय : ११:४४:३० , १ वर्ष अगाडि