लायन्स क्लब अफ सिद्धार्थ गौतम बुद्धद्धारा भिम अस्पतालमा बृक्षारोपण

रुपन्देही खबर , ६५०  पटक हेरिएको

भैरहवा, भदौ १७

लायन्स क्लब अफ सिद्धार्थ गौतम बुद्धले शनिबार एक कार्यक्रमका बिच भिम अस्पताल भैरहवामा बृक्षारोपण गरेको छ । लायन्स क्लब अफ सिद्धार्थ गौतम बुद्धका अध्यक्ष सराजुदीन खानको अध्यक्षता तथा लायन्स डिष्ट्रिक ३२५ पी का गर्वनर पिएम जे एफ लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्यतामा अस्पताल बरिपरि बृक्षारोपण गरीएको हो ।

बृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थ गौतम बुद्धका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता , लायन बालाराम भटटराई, लायन सन्दिप कसौधन , महेशचन्द थापा, गोबिन्द गिरी , ओम जैसी , राजेन्द्र थापा, महेश नेपाल , राकेश गुरुंग, कार्यक्रम संयोजक लायन राजु बस्नेत लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन लायन दिक्षा श्रीवास्तवले गर्नु भएको थियो । भिम अस्पताल वरीपरी ५१ वटा बिरुवाहरु रोपिएको लायन्स क्लब अफ सिद्धार्थ गौतम बुद्धका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ताले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०९-०३ , समय : २१:०८:२९ , १ वर्ष अगाडि