उर्मिला यादव यात्री , ३२० पटक हेरिएको
भैरहवा , भदौ १३
जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज तथा पुर्वमन्त्री राजकिशोर यादवले जसपाले कोरेको बाटोमा देश अघि बढिरहेको बताउनु भएको छ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश रुपन्देहीले भैरहवामा आज आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तर्कृया कार्यक्रममा बोल्दै पुर्वमन्त्री यादवले जसपाले देखाएको बाटोमा देश चलिरहेकोले पार्टीका नेता तथा कार्यकर्ताले गर्वको अनुभुति गर्नुपर्ने बताउनु भएको छ ।
उहाले कांग्रेसले आफुलाई ७० बर्ष र एमालेले पनि त्यही हाराहारीको पुरानो पार्टी भने पनि देशमा संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा जसपाको सबै भन्दा ठुलो योगदान रहेको र यसको योजनाकार नै जसपा पार्टी भएको बताउनु भयो । उहाले भन्नु भयो , जसपाले सपना देखेको थियो अब एकात्मक केन्द्रिकृत राज्य ब्यवस्थाले मुुलुकमा समृद्धि ल्याउन सक्दैन । आज देश त्यही बाटोमा गएको छ । हामीले भनेका थियौ कि तिमीले अख्तियार गरेको अर्थ राजनितीले यो मुलुकलाई सहि बाटोमा ल्याउन सक्दैन । आज भन्दा १६ बर्ष अगाडी जनयुद्धको परिकल्पना गर्ने प्रचण्डले देशमा जनवाद ल्याउछु , जसले कम्युनिष्ठ शासनलाई स्थापित गर्छु भनेर जनयुद्ध लडेका थिए हिजो उसले पनि समाजबादी मोर्चा ल्याउनु पनि जसपा पार्टीले अख्तियार गरेको अर्थ राजनितिक सिद्धान्त नै रहेको उल्लेख गर्नु भयो ।
उहाले हामीले देखेका सपना हामीले देखाएका बाटोमा नेपालका मुलधारका ठुला राजनिति दलका पार्टीहरु लागेको बताउनु भयो । उहाले बाटो हिडदा लडिए, ठोक्किए पनि हिम्मतका साथ फेरी उठेर हिडन आट गर्नेहरु नै जित्ने र सफल हुने बताउनु भयो । उहाले कार्यकर्ता नै समाजको नेतृत्वकर्ता भएकोले प्राथमिकता र सकरात्मक सोचका साथ आगाडी बढन आग्रह गर्नु भएको छ । बिपत्ति आउदा पहिले घबराउने, डराउने र सबैभन्दा पहिला आत्तिने कायर भएको उल्लेख गर्दै तमान प्रकारका बिपत्तिहरुलाई चिरेर सामना गरेर आफनो लक्ष्यमा पुग्ने ब्यक्ति नै बिर सुर भएको बताउनु भयो
उहाले पहिला जस्तो अहिले हुने स्थिती नभएकोले सबैले राजनितिक रुपमा युद्ध लडनका लागी मानसिक रुपमा तयार गर्नका लागी आज भेलाको आयोजना गरीएको बताउनु भयो । उहाले जसपा पार्टी नेपालले तीन महिने जुन अभियानको तयारी गरेको छ त्यो निर्णय अनुसार नै अगाडी बढन आग्रह गर्नु भएको छ । उहाले तीन महिने अभियान भनेको नै संगठन बिस्तार गर्नका लागी भएकोले भुगोल, समय सन्र्दभ हेरेर आ आफनो ठाउमा राजनिति बनाउन आग्रह गर्नु भएको छ ।
यस्तै गरी लुम्बिनी प्रदेशका भुमि ब्यवस्था तथा कृषि मन्त्री भण्डारी लाल यादवले जनताको जिवनस्तर उकास्न तर्फ लाग्नुपर्ने बताउनु भएको छ । उहाले शिक्षा, स्वास्थ्य कृषि लगायत क्षेत्रको बिकासमा प्रतिबद्धता गरेकोले त्यही अनुसार काम गर्ने बताउनु भएको छ । त्यस्तै जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज नविन सुनुवारले टोलटोलमा पार्टीको नीति र विचारलाई स्थापित गर्नुपर्ने बताउनु भएको छ । उहाले सरकारमा रहदा जनताको काम कति गरियो भन्ने कुरा महत्वपूर्ण रहेको जोड दिनु भयो ।
पार्टीका राजनीतिक समिति सदस्य मनिकर कार्कीले जनताको समस्यालाई आफ्नो समस्या बुझी समाधान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनु भएको छ । उहाले सबै वर्ग, समुदायले समान अवसर पाउनुपर्ने बताउदै जसपा परिवर्तनको जननी भएको बताउनु भयो ।
कार्यक्रममा जसपा नेपालको केन्द्रिय सदस्य साबित्रा बि.क.को स्वागत मन्तब्य रहेको कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य तथा जसपाका सह इन्चार्ज नवीन सुनुवार, जसपा नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादव , गुल्मी जिल्लाका अध्यक्ष बिर बहादुर गुरुङ, अर्घाखाँचीका अध्यक्ष नेत्र थापा, जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादव , कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र यादव, पार्टीको राजनितिक सदस्य मनिकार कार्की, लगायतले बोल्नु भएको थियो । जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता तथा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज तथा पुर्वमन्त्री राजकिशोर यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भने कार्यक्रम संचालन जसपा नेपाल रुपन्देही जिल्ला निवर्तमान अध्यक्ष रामअवतार यादवले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०८-३० , समय : १८:४२:१५ , १ वर्ष अगाडि